यौन दुर्व्यहार गर्ने प्रहरी नियन्त्रणमा

परासी, फागुन २८ ।
नवलपरासीको पाल्हीनन्दन गाउपालिका ४ लोहरौलिमा पाल्हीनन्दन एक्सरे प्याथोलोजि संचालकले बाल यौन दुव्र्यहार गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय १५ वर्षिय एक बालिकालाई बाल यौन दुर्व्यहार गरेको भन्दै प्याथोलोजि संचालक अमृश गुप्ता लाई नियन्त्रणमा लिएको हो ।
रामग्राम नगरपालिका ९ वस्ने वर्ष २४ का अमृश गुप्ताले एक्सरे गराउन आएकी भारतिय बालिका संग बाल यौन दुर्व्यहार गरेको भन्दै तिनलाई प्रहरीले पक्राउ गरी बाल यौन दुरुपयोग मुद्धा चलाएर घटना बारे थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी न्यायब निरीक्षक विरेन्द्र थापाले जानकारी गराउनु भएको छ ।

पाल्हीनन्दन ४ लोहरौलि स्थित स्थानिय विरेन्द्र गुप्ताको घरमा एक्सरे प्याथोलोजि चलाएर बस्दै आएका अमृशले आफ्नो बुवा संग आएकी ति बालिकालाई बुवा बाहिर बसेको समयमा एक्सरे गर्न भित्र गएको बालिका लाई कपडा खोल्न लगाएर दुव्र्यवहार गर्दा बालिका ले चिच्याउदा बुवा सुनेर भित्र गएपछि बालिका लाई बाहीर ल्याएका थिए । एक्सरे बहानामा ति बालिकाको कपडा खोलि दुव्र्यहार गर्दा चिच्याए पछि स्थानियहरु त्यहाँ जम्मा भई प्यथोलोजि संचालक माथि जाईलगेका थिए । प्यथोलोजि संचालकको दुव्र्यहार सुनेर स्थानियले तिनलाई कुटपिट सेमत गर्न पुगे । त्यहाँको माहोल तातेपछि प्याथोलोजि संचालक सटर झारेर भित्र लुकेका थिए ।

यस्तै प्रहरीले घटना बारे थाहा पाउने वित्तिकै घटना स्थलमा पुग्यो । आरोपि अमृश लाई प्रहरीले ल्याउन खोज्दा स्थानियहरु ले अवरुद्ध समेत गरेका थिए । प्याथोलोजि संचालक अमृशले गरेको दुव्र्यहार प्रति स्थानिय आक्रोसित भई कुटपिट गर्नको लागि विभिन्न प्रयास गरेका थिए । प्रहरीले आरोपी अमृश लाई ल्याउनको लागि जम्मा भएका स्थानियलाई लखेटेर त्यहाँ बाट तिनलाई निकालेको थियो । प्रहरीले गाडिमा ल्याउन खोज्दा स्थानियले ढुङ्गामुढा गरी प्रहरीको गाडिको सिसा समेत फुटाएका थिए । त्यस्तै प्याथोलोजि लाई स्थानियले तोडफोड समेत गरेका थिए । त्यसै क्रममा स्थानिय नाजिर मिया र साविर मिया लाई प्रहरीले हिजै नियन्त्रणमा लिएको हो । यि दुबै जना माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी न्यायब निरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *