होटल व्यवसायी दम्पतीको हत्यारा ९ वर्षपछि पक्राउ

फागुन ४, पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । करीब ९ वर्षअघि ताप्लेजुङका होटल व्यवसायी दिलबहादुर र उनकी श्रीमतीको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२०६६ साल वैशाख ५ गते ताप्लेजुङका होटल व्यवसायी दम्पतीको हत्या गरी फरार अभियुक्त सपुतमान लिम्बु र चन्द्र कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले बताए  । उनका अनुसार चक्कु प्रहार गरी लिम्बु र कामी फरार भएका थिए । 

‘अभियुक्तले बयानको क्रममा श्रीमान श्रीमतीलाई पेटमा चक्कु प्रहार गरेर हत्या गरेको स्वीकारेका छन,’ एसपी रानाले भने, ‘मेला हेरेर फर्कँदा ताप्लेजुङको कोप्चे भन्ने ठाउँमा एक होटलमा विवाद भएपछि होटेल सञ्चालक दिलबहादुर र उनको श्रीमतीलाई लिम्बुले हत्या गरी फरार थिए । ’

चन्द्र कामी भने हत्याराको सहयोगीको रुपमा पक्राउ परेका हुन् । कास्की प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । साभारः लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *