हिमालय एयरलाइन्सकाे अटेरी, ताकेता गर्दा पनि तिरेन २१ करोड कर

बैशाख १०, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत हिमालय एयरलाइन्सले सरकारलाई २१ करोड रुपैयाँ तिर्नु बाँकी रहेको छ ।

निजी क्षेत्रबाट हवाई सेवा सञ्चालन गरिरहेको हिमालय एयरलान्सले विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत २१ करोड ४२ लाख १३ हजार रुपैयाँ तिर्न बाँकी रहेको ह


हिमालय एयरलायन्सले सरकारलाई तिर्नुपर्ने रकम गत फागुन मसान्तसम्मको भएको नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सको विमानतर्फको कुल बक्यौता १४ करोड ५२ लाख ९५ हजार २ सय १० रुपैयाँ र हवाई हेलिकप्टरतर्फको ६ करोड ८९ लाख १८ हजार २ सय ८१ रुपैयाँ बक्यौता रहेको छ ।

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सलाई रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गरिएपनि हिमालय एयरलाइन्सले भुक्तानी गरेको छैन । प्राधिकरणले पटक–पटक पत्राचार गर्दा पनि एयरलाइन्सले कुनै प्रतिक्रिया नदिने गरेको प्राधिकरणका एक अधिकारीले बताए ।

‘विभिन्न समयमा पत्राचार भइरहेको छ,’ प्राधिकरणका ती अधिकारीले लोकान्तरसँग भने, ‘हवाई सेवा प्रदायकले बेलाबेलामा भुक्तानी पनि गरिरहन्छन् । विमानस्थल सेवा शुल्क नियमावलीमा नै तिर्नुपर्ने रकमको निश्चित प्रतिशत रकम जरिवाना तोकिएको छ ।’

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार प्राधिकरणले रकम भुक्तानीका लागि बिलजारी गरेको मितिले ३० भित्र भुक्तानी गरिसक्नुपर्छ । ३० दिनसम्म रकम झुक्तानी नगरेमा ४५ दिनसम्म भुक्तानी गर्नुपर्ने रकमको ५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था नियमावलीमा गरिएको छ । बिलजारी गरेको १ हप्ताभित्र बक्यौता रकम तिरेमा कुल रकमको ३ प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।

४५ दिनदेखि ५९ दिनसम्म बक्यौता रकम भुक्तानी गरेमा १५ प्रतिशत जरिवाना र ६० दिनदेखि माथि ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।

हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार शुल्क लिँदै आएको छ ।

प्राधिकरणको विमानस्थल कार्यालयले विकास शुल्क, ल्यान्डिङ तथा पार्किङ शुल्क लिँदै आएको छ । हवाई परिवहन, सुरक्षा शुल्क, काउन्टर तथा कार्यालय सञ्चालन खर्च, होडिङ बोर्ड लगायतका शुल्क लिँदै आएको छ ।

विमानस्थलभित्र सञ्चालनमा रहेका पसलबाट समेत सरकारले विभिन्न शीर्षकमा शुल्क लिँदै आएको छ । लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *