सुनवल नगरपालिकाको दोश्रो स्थापना दिवसमा प्रशासनिक भवनको सिलन्यास


परासी, २७ फागुन ।

पश्चिमी नवलपरासीको सुनवल नगरपालिकाले दोश्रो स्थापना दिवसको अवसरमा प्रशासनिक कार्यालय भवनको सिलन्यास गरेको छ । नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा नगरपालिकाले स्थापना दिवस मनाउदै प्रमुख अतिथि प्रदेश ५ का भौतिक तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको हाथ बाट शिलान्यास गराई उद्घाटन गराएको छ ।
३ बर्षमा सम्पन्न हुने साढे तिन तल्ले प्रशासनिक कार्यालय करिब ३० करोडको लागतमा सुविधा सम्पन्न हुने छ । उक्त भवनमा ७५ वटा कोठा, १ वटा बहुद्देशिय हल, ४ वटा मिटिङ्ग हल सहित लिफ्ट जडान गरि पुर्ण रुपले अपाङ्ग मैत्री भवन निर्माण गरिने बताए । ४ विगाहा ४ कट्टा रहेको उक्त जग्गामा सुविधा सम्पन्न प्रशासनिक भवन र पाकिङ्गकको निर्माण कार्य गर्ने गरि सिलन्यास गरिएको प्रमुख थापाले जानकारी दिए ।


यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश ५ को प्रवक्ता समेत रहेको चौधरीले, प्रदेश ५ सरकारले विकासका योजनाहरुमा कसिएर काम गरिरहेका बताए । कार्यक्रमा उत्कृष्ट पत्रकार हरि शर्मा, बढि करदाता व्यक्तिगत तर्फ सपना अधिकारी थापा, संस्थागत तर्फ लक्ष्मी स्टिल उद्योगलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ठ महिला समिति, उत्कृष्ठ लघु उद्यमी, उत्कृष्ठ कृषक, एसएसी परिक्षामा उत्कृष्ठ नतिजा ल्याउदे संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु समेतलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा नगरपालिका प्रमुख भरत थापा, प्रमुख अतिथि तथा प्रदेश ५ को भौतिक तथा पुर्वधार विकास मन्त्री बैजनाथ चौधरी, विशिष्ट अतिथि एवं पुर्व स्थानिय विकास राज्य मन्त्री घनश्याम यादव, विशिष्ट अतिथि पुर्व सभाषद सिता बौडेल, प्रदेस सभासदस्य भगवती भण्डारी, नेकपा प्रदेश सदस्य भविश्वर तिवारी, नेकपा जिल्ला कार्यदल सदस्य थान प्रसाद गैरे, नेपाल परिवार नियोजन संघको पुर्व उपाध्यक्ष सपना अधिकारी थापा, नेपाल पत्रकार महासंघको अध्यक्ष हरि शर्मा, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेल, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगायतले नगरपालिका स्थापना दिवको अवरमा शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *