सदरमुकाममै मापदण्ड विपरीत निर्माण कार्य, नगरपालिका भनेपनि ठेक्दार अटेरी गरेकाे


परासी, बैशाख १० ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मापदण्ड विपरीत विकास निमार्णको कार्य भईरहेको छ । रामग्राम नरगपालिकामा पर्ने सदरमुकाम परासीको बुद्धचोक देखि निलोगेट सम्मको फोरलेनको बाटो निर्माण कार्य स्टिमेट भन्दा बाहिर भईरहेको छ ।


१४ करोड, ७ लाख ५७ हजार ८ सय ७४ रुपैयामा ठेक्का लिएको महालक्ष्मी, सुनकोशी, वल्र्डवाईड जे.भी काठमाण्डौ कम्पनिले सो बाटो लाई मुख्य चोकमा संघुरो बनाउन थालेको स्थानियहरुले गुनासो गरेका छन् । निलोगेट देखि बुद्धचोक तिर बनाउदैं आईरहेको नालालाई मुख्य चोकमा स्टिमेट भन्दा दुई फिट भित्र बनाउन थालेको छ । बाटो लाई मापदण्ड विपरीत बनाउने कार्य

भईहरको पटक पटक सचेत गराईएको नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्ययले बताउनु भएको छ । सदरमुकाम तथा परासी बजारको मुख्य चोकमै भईरहेको मापदण्ड विपरीत कार्यलाई तत्काल रोकागरी सुधार गर्न ठेक्दार लाई सचेत गराईएको उपाध्ययले बताउनु भएको छ । तर ठेक्दारले आफ्नो मनपरी काम गर्दै आएको उहाँले भन्नु भयो । स्थानिय स्तर बाट स्थानियले गलत कार्यको प्रतिकार गर्दै आएका छन् । यसै निमार्ण आयोजना अन्तरगत भईरहेको महेशपुर चोक र बुद्धचोक देखि निलोगेटको बाटोमा कतिपय ठाँउमा कम्सल इटा पनि प्रयोग भएको बारे खबरदारी गराएका थिए । अब पनि ठेक्दार गलत कार्य लाई रोकेर सुधाार नगरे हामि पुर्णरुपले कार्य ठपको लागि अवरोध समेत गर्ने छौं उपाध्ययले भन्नु भयो ।


विच सेन्टर बाट दुबै तिर ५०÷५० फिट लिई फोरलेनको बाटो बनाउने कार्य भईरहेको छ । उक्त फोरलेनको बाटोमा दुबै साईडमा ३.५ मिटरको दुई÷दुई लेनको पिच बाटो निर्माण हुने हो । त्यस्तै विजुलिपोल बत्तिको व्यवस्थापन, टेलिफोन तार व्यवस्थापन, दुबै तिर पैदल यात्रि हिड्ने बाटो र नाला समेतको निमार्ण हुने नगरपालिका का ईन्जिनियर सतिस गुप्ताले बताउनु भएको छ । तर ति निमार्ण भईरहेको दुबैतिरको नालामा बाटोको पुर्वमा रहेको नालालाई ठेक्दारले दुई देखि ढाई फिट भित्र घटाएर बनाईरहेको नगरपालिका का ईन्जिनियर सत्तिस कुमार गुप्ताले भन्नु भयो । बाटोलाई मापदण्ड विपरीत बनाउने कार्य भईरहेको एक स्थानियले रामग्राम नगरपालिकामा लिखित उजुरी गरेका थिए । सोही अनुसार नगरपालिकाले एक महिना अगाडि नै मापदण्ड विपरीतको नाला सुधार गर्नको लागि ठेक्दार कम्पनिलाई र संघन शहरी तथा भवन परीयोजना कार्यालय चितवनलाई पनि जानकारी गराईएको ईन्जिनियर सत्तिसले भन्नु भयो । पटक पटक सुधारको लागि भनेपनि संघन शहरी तथा भवन परीयोजना कार्यालय वास्ता नगर्दा ठेक्दारले आफ्नो मनोमानि ढंगले बनाउन थालेको ईन्जियरले भन्नु भयो ।


अस्पताल अगाडि बाटो खनेर एम्बुलेन्सलाई आउनजान अवरोध

त्यस्तै ठेक्दारको आर्को चरम लपरवाही कामको ढिलासुस्ति र जहाँपाए त्यही बाटो खनेर कामलाई सुस्तगतिमा गरेको छ । मान्छेको जिवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्ता कुरालाई ध्यायनमा नराखि जिल्लाको मुख्य अस्पताल पृथ्वीचन्द्र अस्पताल अगाडि बाटोलाई खनेर काम कछुवाको गतिमा गरेको छ । अस्पतालको मुख्य गेट पश्चिम गेट अगाडि नै बाटोलाई खनेर एम्बुलेन्स तथा समान्य सवारी सधान मोटरसाईकल जस्ता साधनलाई आवतजावत गर्न कठिनाई सृजना गरेको छ । अस्पताल अगाडि बाटोलाई करीब १ महिना देखि खनिएको छ तर निमार्ण कार्यमा तिव्रता नदिँदा विरामी ओसार्ने एम्बुलेन्स पनि अस्पतालमा छिर्न गाह्रो भएको एम्बुलेन्स चालक सुनिलले बताउनु भएको छ । ईमर्जेन्सि विरामि लाई लिएर अस्पताल आँदा बाटो अवरुद्ध भएपछि विरामीलाई बाटो मै झार्नुपर्ने अवस्था रहेको उहाँले भन्नु भएको छ ।

यता संघन शहरी तथा भवन परीयोजना कार्यालयका ईन्जिनियर माधव कटवालले समान्य गल्ती भएको बताएका छन् । बुद्धचोकको सेन्टर कता हो ? छुटयाउन नमिल्दा कम भएको भन्नु भएको छ जबकी बाटोको चौडाईलाई सेन्टर फरक नपर्ने रामग्राम नगरपालिका ईन्जिनियर सत्तिस गुप्ताले भन्नु भएको छ । बाटो निमार्णको कार्य समय अवधि यही पुष मसान्तमा समाप्त भएको थियो तर नेपालको चलन अहिले समय अवधि थप्ने प्रक्रिया जस्तै यस बाटोको पनि आउने पुष मसान्त सम्म म्याद थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *