शुक्रवार पाैडी खेल्ने क्रममा हराएका मुसहर मृत फेला

संजय कुशवाहा, परासी ११ ।

पश्चिम नवलपरासीकाे गण्डक पावर हाउस स्थित नहरमा एक पुरूषकाे शव फेला परेकाे छ । प्रतापपुर गाँउपालिका वडा नं. ७ गुठी सुर्यपुरामा रहेकाे गण्डक नहरमा एक पुरूषको शव भेटिएको हाे।

आज दिउँसो गुठी सुर्यपुराकाे गण्डक पावर हाउसको मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि नहर बाट बाहिर निकालेर पाेष्टमाडमकाे लागि जिल्ला स्थित पृथ्वी चन्द्र अस्पतालमा पठाएकाे छ । शव भेटिएको पुरूष विनई त्रिवेणी गाउपालिका वडा नम्बर ७ रानीनगर बस्ने वर्ष ३२ का भोला मुसहर रहेकाे प्रहरीले जनाएकाे छ । मुसहर पौडी खेल्ने क्रममा शुक्रबार देखि गण्डक नहरमा बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *