वडा नं. २ मा निशुल्क आँखा शिविर सम्पन्न,


परासी, माघ ४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. २ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । परासी सदरमुकाम मा रहेको विनोद निता कंडेल आँखा अस्पताल र रामग्राम नरगपालिका को वडा नं. २ को संयुक्त आयोजनामा सो शिविर सम्पन्न भएको हो ।


वडा नं. २ को पवन मा.वि. मा सञ्चालन गरीएको निशुल्क आँखा शिविरमा १ सय ६५ जनाले सेवा लिएका छन् । विभिन्न कारणले आँखा अस्पतालमा पुग्न नसके व्यक्तिहरु लाई सहज सेवाको लागि वडा मै निशुल्क आँखा शिविर सञ्चालन गरीएको हो । शिविरमा १५ हजारको निशुल्क औषधि वितरण सहित २५ वटा निशुल्क चश्मा पनि वितरण गरीएको हो । यस्तै शिविरमा १२ जनालाई मोतिया विन्दु भएको पाईएको छ । मोतियाविन्द भएका १२ जना लाई निशुल्क शैल्यक्रिया गर्न विनोद निता कण्डेल आँखा अस्पताले जिम्मा लिएको आँखा अस्पतालका व्यवस्थापक तुलसी प्रसाद पराजुलिले बताउनु भएको छ ।


वडा नं. २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरीको अध्यक्ष्तामा सञ्चालन भएको शिविरलाई रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा नगर उप प्रमुख रम्भा कुवंर वडा सदस्य धिरज हलुवाई र सुनिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने प्रविधिक सहयोगको रुपमा आँखा अस्पतालका वरीष्ठ डाक्टर राधिका यादव र सुमन्त यादव लगायतको ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *