लक डाउनमा पनि रोकिएन तस्करको तस्करी

संजय कुशवाहा, बेलाटारी, चैत्र २२ ।
पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा लक डाउनको मौकापारी तस्करहरु तस्करी गरीरहेका छन् । नेपाल भारतको सिमानाका कोरोना भाईरसको कहरले सिमानाका बन्द भएपनि खेतको बाटो भएर तस्करहरु तस्कर गरीरहेका छन् ।

सुस्ता गाउपालिका वडा नं. ५ बलिनगर गाउ बाट भारत तर्फ लाँदै गरेको अवस्थामा रक्सीलाई सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । गए राति करिब एक सय लिटर बराबरको लोकल रक्सी भारतीय नम्बर यु।पी ५३ एच ।९२६८ मोटरसाइकलमा लोडगरी भारत तर्फ लग्दै गरेको अवस्थामा दशगजा नजिक बाट नियन्त्रणमा लिइएको हो ।
सुराकिको आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्तीटोलीले सो रक्सी र मोटरसाइकल गएराती नियन्त्रणमा लिएको हो । प्रहरीले तस्कर लाई लखेट्दै गर्दै गँहुवालिमा रक्सी र मोटरसाइकल छोडेर भागेको प्रहरी निरिक्षक अधिकारीले बताउनु भयो । नियन्त्रणमा लिइएको रक्सी शनिबार स्थानियबासिन्दा , पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *