रुकुम को एक विद्यालयमा एकैचोटि धेरै विद्यार्थी बिरामी

रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकै चोटि बिरामी भएका छन् ।

पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ६० विद्यार्थी त्यसरी बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । बिहीबारबाटै एक/दुईजनामा यस्तो समस्या देखिएको तर आज ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । दुई सय ७९ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका बिरामी विद्यार्थी उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर गई उपचार गरिरहेको वडाध्यक्ष टोपे सेन ठकुरीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *