राजनीतिक दल र संघसंस्थाले गरे एसएसपीको सामुहिक बिदाई

परासी, बैशाख १९

पश्चिम नवलपरासीमा रहेका राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले वरिष्ठ प्रहरी उपरीक्षक लालमणि आचार्यलाई बिदाई गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक आचार्यको बढुवासँगै सरुवा भएपछि ति संघसंस्थाहरुले शुक्रबार सामुहिक रुपमा बिदाई गरेका हुन् । जिल्लामा रहँदा सबै क्षेत्रका व्यक्तिहरुसँगको समन्वय र सहकार्य प्रशसंनीय योग्य रहेको भन्दै उनीहरुले दोसल्ला र खादा ओढाएर सामुहिक विदाई गरेका हुन् । आचार्य ११ महिनाअघि जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर गएका थिए ।

विदाई कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकारलगायत सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सबै क्षेत्रसँग गर्ने सहकार्य र समन्वयकारी भूमिकाले नै उनले छोटो समयमा जिल्लावासीको मन जित्न सफल भएकाले प्रशंसाको पात्र बनेको उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताए ।

‘जिल्लामा धेरै प्रहरी प्रमुख आउँछन्÷जान्छन् । उनीहरुको कार्य कस्तो रह्यो भन्ने दिन विदाईकै बेला हुँदो रहेछ ।’ नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष राजेन्द्र अग्रहरीले भने,‘ प्रहरी कार्यालयमा आउने विवाद र गुनासालाई सहज रुपमै समाधान गर्ने उनको शैली उदाहरणनीय थियो ।’ आचार्यको प्रहरी प्रधान कार्यालय कल्याण शाखामा पदस्थापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *