रहेनन बलिउडका अभिनेता कपुर

काठमान्डौं, बैशाख १७ ।
भारतिय सिनेमाका बहुचर्तित कलाकार अभिनेता ऋषि कपुर यो संसार बाट अलविदा भनेका छन् । उनको आज उपचारको क्रममा निधन भएको छ ।

ऋषि कपुरको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई मुबईको एचएन रिलायन्स फाउडेशन अस्पतालमा उपचार भईरहेको थियो । उपचार कै क्रममा उनको ६७ वर्षको उमेरमा निधन भएको भारतको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । कपुरलाई क्यन्सर भएर एक वर्ष अगाडि अमेरीकामा उपचार भएर भारत फर्केका थिए । हिजो देखि फेरी उनलाई श्वास प्रश्वासमा समस्या भएर भारत मै उपचार भईरहेको थियो ।

उनको निधनले भारतिय बलिउड दुनियमा शोकमा डुबेको छ । कपुरको निधन पछि बलिउडका विभिन्न अभिनेताहरु र नेताहरु लगायतले टिवटरमा सम्बेद्धना गरीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *