मेयर थापा द्धारा ३ महिनाको तलब सुविधा दैवी प्रकोप कोष (कोभिड ९०) मा दिने घोष्णा

परासी, चैत्र १९ । देश व्यपिरुपमा फैलिएको कोरोना माहामारीले दिनप्रतिदिन चुनौति बढदै गएको छ । यसै विच पश्चिम नलपरासीको सुनवल नगरपालिका का मेयर भिम बहादुर थापा क्षेत्रिले उदाहरणिय कार्य गरेका छन् ।

मेयर थापाले आफ्नो ३ महिनाको सेवा सुविधा सहितको तलब सुनवल नगरपालिकाको दैवी प्रकोप कोष (कोभिड ९०) मा दिने घोष्णा गरेका छन् । हुन त सुनवल नगरपालिका क्वारेन्टाईन निमार्णमा पश्चिम नवलपरासीको स्थानिय तहहरु मा नमुना कार्य गरेको पहिला नै वहवाही पाईसकेको थियो । आफ्नै आर्थिक लगानिमा पिपिई किनेर जर्गहा प्रहरी तालिम युक्ति महाविद्यालयको सहकार्यमा एक सय बेडको क्वारेन्टाईन बनाए पछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले मेयर थापाको कार्य बाट अन्य पालिकाले पनि सिक्न आवश्यक भएको बताएका थिए । पश्चिम नवलपरासी कै ७ स्थानियहरु मध्ये केहि स्थनिय तहहरुको क्वारेन्टाईन व्यवस्थापन नाममा मात्रको देखिएको छ, जस्लाई आर्थिक समस्या देखाई पालिकाहरुले पन्छिन खोजेको तर सुनवल नगरपालिका का मेयरले भने आफ्नै तलब सुविधा दैवी कोषमा दिएर जिल्लामा झन उदाहरणिय कार्य गरेका छन् ।

आज मेयर थापाले जानकारी गराउँदै भनेका हुन “म आफ्नो ३ महिनाको तलब सुविधा बराबरको १ लाख ३ हजार ९ सय ५० रुपैया दैवी कोषमा दिने घोष्ण गर्दछु ।” नगरपालिकाले जर्गहा प्रहरी तालिम युक्ति महाविद्यालयमा बनाएको क्वारेन्टाईनमा अहिले १ महिला सहित २७ जना रहेका छन् ।

यस्तै पश्चिम नवलपरासीमा प्रदेश सरकार बाट पाउने पिपिई एकुपमेन्ट भने स्थानिय तहरुले पाईसकेको अवस्था छैन् । आज मात्र प्रदेश नं. ५ को सरकारले २ वटा ठाउमा नाम किटान गरी पिपिई समाग्रि पठाएको छ जुन वितरण भईसेको छैन् पश्चिम नवलपरासीका जनस्वास्थ्य प्रमुख गौरब ढकालले जानकारी गराउनु भएको छ । आज मात्रै पृथ्वी चन्द्र अस्पतालको नाम १० वटा र चिसापानी अस्पताललको नाममा १५ वटा गरी जम्मा २५ वटा पठाएको ढकालले जानकारी गराउनु भएको छ । आज दिउसो तिर आएको हुनाले आज साँझ सम्म ति ठाउहरुमा पठाउने जानकारी गराएका छन् । तर स्थानियहरुले भने पाईसकेको अवस्था छैन् उनिहरुले आँफै नै किनेको पिपिई मात्र रहेको उहाँले भन्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *