मुस्लिम र हिन्दुको अस्थाको केन्द्र मदार बाबा मेला शुरु, नेपाल मुस्लिम संघ नवलपरासी द्धारा पानी वितरण


परासी, फागुन १३ ।
पश्चिम नवलपरासीमा मदार बाबाको मेला शुरु भएको छ । सुस्ता गाउँपालिका वार्ड नं. २ महलवारी स्थित मदार बाबाको मेला हिजो देखि शुरु भएको छ । मुस्लिम र हिन्दु धर्मावलम्बीहरु को आस्थाको केन्द्र पहाडको फेदिमा रहेको मदार बाबा मेला हिजो १२ देखि शुरु भएको छ । मुस्लिम समुदायको ठुलो आस्था बोकेको मदार बाबाको मेलामा हिन्दु र मुस्लिम दुबै समुदायका नेपाल र भारतका मानिस तथा भक्तजनहरु पुजा गर्न जाने गरेका छन् ।


मदार बाबाको मेला वर्षेनि मौसम तथा समयमा लाग्ने गरेको छ । मदार बाबाको पुजा गर्ने ठाँउ पहाडको फेदिमा भएपनि पुरुष तथा महिलाहरुले विकट बाटोको यात्रा गर्दै करीब ५÷६ घण्टा हिडेर सो ठाँउमा पुग्ने गरेका छन् । माथि चढ्नको लागि राम्रो बाटो छैन् तर ईच्छाएको मनोकमना पुरा हुन्छ भनेर जाखिम पुर्ण यत्रा गर्न श्रद्धालुहरु विना डर पुजा स्थलमा पुग्ने गरेका छन् । मदार बाबा मेलाको अवसर पारेर श्रद्धालु तथा भक्तालुहरु को लागि नेपाल मुस्लिम संघ नवलपरासीले उनिहरु लाई निशुल्क पानी वितरण गरेको छ । पहाडै पहाडको बाटोमा माथि पानी खानको लागि सुविधा नभएकोले मुस्लिम संघले निशुल्क पानी वितरण गरेको हो । माथि पानीको अभावले पानी बेच्ने व्यवसायिहरु ले पानीको (मिनरलवाटर) दोब्बर मुल्यमा पानी बेच्ने गरेका छन् । पैसाको अभाव भएपनि मदार बाबाको पुजा र दर्शनले मनोकमना पुरा हुने भन्दै आएका गरीब दुखिया लगायत श्रद्धालुहरु लाई मुस्लिम संघले पानी वितरण गरेको जनाएको छ । मुस्लिम संघका अध्यक्ष करीम शेषको नेतृत्वमा गएको संघले एक हजार पानी वितरण गरेको छ । पानी वितरण कार्यक्रममा मुस्लिम संघ नवलपरासीका उपाध्यक्ष बदरी आलम, सचिव आलमगिर खाँ, क्षेत्रिय सभापत्ति सफिउल्ला अंसारी, मुस्लिम संघ केन्द्र पार्षद अब्दुल रज्जाक लगायतको उपस्थिति रहेको थियो । मेलाको अगामि दिनहरुमा समेत पानी वितरण गर्ने संघले जनाएको छ ।


यस मेलामा नेपालको मात्रै नभई भारतको विभिन्न ठाँउका भक्तालुहरु आउने गरेका छन् । मेलामा ५ लाख भन्दा बढि भक्तालुहरु आउने आयेजकले अनुमान गरेको छ । हिजो १२ गते देखि शुरु भएको मेला ८ दिन सम्म चल्ने आयोजक ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *