माइक्रोबस दुर्घटना, १ को मृत्यु, २० घाइते

सिन्धुली ,१२ माघ । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको पुष्टि गर्दै एक जनाको ज्यान गएको जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका–११, गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजन छन् । उनी सोही माइक्रोबसका चालक हुन् ।

दुर्घटनामा २० यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको हो । बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *