भेरी बबई डाइभर्सन निमार्ण कार्य सम्पन्न,१२ किलोमिटर लामो सुरूङको प्रधानमन्त्रीले गरे ब्रेकथ्रु

बाँके, वैशाख ३-  बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको छ। नेपालमै पहिलोपटक मेसिनबाट खनिएको उक्त सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ब्रेकथ्रु गरेका छन्।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको हो। २०७४ कात्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टिबिएम)ले सुरूङ खन्न थालिएको थियो।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले टिबिएमबाट सुरूङ खनेर सम्झौताभन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको हो। सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरूङ खन्ने अवधि २०७६ चैत १५ सम्म थियो।

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधार निर्माणको काम सुरू नै भएको छैन। सिँचाइका लागि चाहिने ब्यारेजको काम पनि थालिएको छैन। त्यस्तै हेडवर्कको पनि काम सुरू भएको छैन। नरायणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *