भीषण हावाहुरीमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो : अस्पतालमा घाइतेको चाप, रगत अभाव

चैत १८, २०७५

काठमाडौं– भीषण हावाहुरीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीमा परी बारा र पर्सामा गरी ३१ जनाको मृत्यु भएको हो । ५०० भन्दा बढी मानिस घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको छ । बिरामीको चापले रगतसमेत अभाव भएको छ । 


यसैगरी, पर्सामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण कैयौं घाइते भएका छन् । उद्धारका लागि तीनै तहका सुरक्षा निकाय परिचालन भएका छन् । अहिले पनि उद्धार जारी छ । हावाहुरीले घर पनि भत्काएको छ । अचानक आएको हुरीका कारण जनीवन प्रभावित भएको छ । 

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अधिकांश घाइतेहरू भोकै छन् । खाना खाने समयमा नै हावाहुरी चलेकोले अधिकांशले केही खान पाएका छैनन् । नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरुलाई चिया र बिस्कुट बाँडको छ । पानीका धारासमेत सुकेको स्थानीयले बताएका छन् । स्थानीयले हावाहुरीका क्रममा जमीन समेत हल्लिएको बताए । प्रदेश दुईको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *