ब्राउनसुगर र लागूऔषध सहित एक जना पक्राउ

परासी, बैशाख १५ ।
पश्चिम नवलपरासीमा ब्राहउन सुगर र लागुऔषध सहित एक जना प्रक्राउ परेका छन् । ब्राउन सुगरसहित स्कुटीको कभरभित्र लुकाएर अन्य लागूऔषध नेपाल भित्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार तिनलाई पक्राउ गरेको हो ।

शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त लागूऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाँउपालिका ३ कुस्माका ३४ वर्षिय शेषकान्त उपाध्यय रहेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताउनु भएको छ । उपाध्ययले स्कुटिको अगाडि हेडलाईट र पछाडि बस्ने दुबै तिरको भाईजरमा ब्राउन सुगर र लागुऔषध राखेका थिए । ब्राउन सुगर र लागुओषध सहित बरामद गरीएको स्कुटिमा उपाध्ययको ३ वर्षे छोरा र उनको श्रीमति पनि त्यही गाडिमा सवार रहेकि थिईन । उनि भारतमा भएको ससुरालि बाट नेपाल आइरहेका थिए । श्रीमति र छोरा भएको कारणले लागु औषध नेपाल छिराउन सजिलो होला भनेर छिराउन लागेको प्रहरीको अनुमान छ ।

लकडाउनको समयमा सुरक्षाकर्मीको चेकजाँचको चुनौतिको बावजुद्ध पनि यस्तो कार्य गरेकोमा सुरक्षाकर्मिलाई नै चकित बनाएको छ । नेपाल भारतको खुल्ला सिमानाका भएकै कारणले पनि हुन सक्छ उनलाई ल्याउन सहज लागे होला तर सिमाक्षेत्रमा शसस्त्र प्रहरी बलको कडा निगरानिले उनलाई समात्न सफल भएको खनियाले बताउनु भएको छ । ‘दसगजा नजिकबाट मोटरसाईकल डो¥याएर आउँदै रेको देखियो । प्रहरीलाई देखेपछि उनले मोटरसाईकल झाडीमा लुकाउन लग्दै थिए । त्यही अवस्थामा उनलाई पक्राउ गरिएको हो । खनियाँले भने । यता जिल्ला प्रहरी कार्यालयमा शसस्त्र प्रहरी बलले बरामद भएको लागूऔषध र व्यक्तिहरुलाई बुझाएपछि उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए । बरामद भएका लागूऔषधमा ७.१५ ग्राम ब्राउन सुगर छ । त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन् । इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *