बाराक ओबामा दोस्रो विश्वयुद्ध यताकै खराब राष्ट्रपति

एजेन्सी । एक नयाँ सर्वेक्षणमा धेरै अमेरिकीहरुले बाराक ओबामालाई दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब राष्ट्रपति मानेका छन् 

बुधबार क्वीन्नीपियाक पोलले सार्वजनिक गरेको सर्वेक्षणमा ३३% अमेरिकीहरुले ओवामालाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब राष्ट्रपतिको रुपमा हेरे । जम्मा ८% ले उनलाई सबैभन्दा उत्कृष्ट ठाने । 

अर्को २८% ले पूर्व राष्ट्रपति जर्ज डब्लू बुसलाई सबैभन्दा खराब भने । विवादका कारण इतिहासमा राजिनामा दिने एक मात्र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई १३% ले सबैभन्दा खराबको रुपमा छाने । 

४५% अमेरिकीले सन् २०१२ मा ओवामाको साटो मिट रोम्नी विजयी भएको भए राम्रो हुन्थ्यो भने । तर ३८% ले भने रोम्नी सबैभन्दा खराब राष्ट्रपति हुन्थे भन्ने मत व्यक्त गरे । 

युद्धपछिको उत्कृष्ट राष्ट्रपतिको रुपमा सबैभन्दा धेरै मत भने रोनाल्ड रेगनले पाए । 

अघिल्लो वर्ष जुन महिना २४ देखि ३० बीच भएको मतसर्वेक्षणमा १४४६ मतदाता दर्ता भएका थिए । यस मत–सर्वेक्षणको नतिजाको ‘इरर मार्जिन’(त्रुटी अन्तर) २.६% प्योइन्ट तल माथिमा हुने बताइएको छ । साभारः राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *