बर्दघाटका बृद्धको पिसिआर टेष्ट निगेटिभ

परासी, बैशाख १० ।
पश्चिम नवलपरासीमा एक बृद्धमा गरीएको पिसिआर टेष्ट निगेटिभ आएको छ । पिसिआरको रिर्पोट निगेटिभ आएपछि ति बृद्धमा कोरोना संक्रमण नरहेको पुष्टी भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताउनु भयो ।

बर्दघाट नगरपालिकाको ७८ वर्षिय बृद्धमा हिजो आरडिटि टेष्ट पोजेटिभ देखाएको थियो । आरडिटि पोजेटिभ आएपछि उनलाई परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याएको थियो । कोरोनाको संक्रमण छ वा छैन् बुझनको लागि उनको स्वाब हिजो नै प्रदेश ५ प्रयोगशाला रुपन्देही पठाईएको थियो । ति वृद्धलाई प्रदेशिक अस्पताल लुम्बिनिको आईसोलेसनमा राखिए पनि आजको पिसिआर रिर्पोट निगेटिभ आएपछि उनि अब डिस्चार्ज हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *