प्लक जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु


परासी, चैत्र ५ ।
पश्चिम नवलपरासीको मझौनीमा एक महिलाले विद्युतको प्लक जोडने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बर्दघाट नगरपालिका वार्ड नं. १३ बस्ने वर्ष ३५ की संगिता कहाँरले घरमा रहेको विद्युतिय तरमा प्लक जोड्दा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर ढलेपछि घरका उपचारको लागि जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा ल्याइएको थियो । अस्पतालको डक्टरले चेक गर्दा मृत्यु भएको घोष्ण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *