प्रतापपुरको वडा ५ शिल, जिल्लामा बैङ्कहरु ५ गते सम्म नखुल्ने

परासी, जेष्ठ १
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा कोरोना संक्रमित भेटिए संगै सम्बन्धित वडा लाई शिल गरीएको छ । हिजो प्रतापपुरको वडा नं. ५ मा एक ३६ वर्षिय पुरुष संक्रमित भेटिएपछि वडा लाई शिल गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

जिल्लामा अन्य ठुलो दुर्घटना नहोस् भन्दै जिल्ला प्रशासनले आज बसेको बैठक बाट प्रतापपुर गाउपालिका को वडा नं. ५ लाई शिल गर्ने जिल्ला बताएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकलले कोरोना भाईरसको सम्भावित जोखिम नियन्त्रण गर्नको लागि संक्रमित भेटिएको वडालाई उच्च निगरानिमा रखेर शिल गरेको जिल्ला प्रशासन पश्चिम नवलपरासीको कार्यालयले जनाएको छ । उनि भारत बाट २८ गते नै नेपाल प्रवेश गरेका थिए भने उनि घर परीवारमा नगई सिधै उनलाई क्वारेन्टाईनमा ल्याईएको थियो । अहिले तिनि परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका छन् ।

यस्तै जिल्लामा अवस्थित वित्तिय संस्था तथा बैङ्कहरु लाई पनि जेष्ठ ५ गते सम्म बन्द रहने बताएको छ । बैङ्कहरुमा पैसा निकाल्नेको भिडभाडले चुनौति थपिएको भन्दै तिनिहरु लाई जेष्ठ ५ गते सम्म बन्द गर्ने आजको बैठकले निर्णय गरेको छ । सरदमुकामा सहित जिल्लामा रहेको सबै बैङ्कहरुमा दिनहु पैसा निकाल्ने घुईचो लाग्ने गरेको थियो । त्यसरी भिडभाडले पनि सम्भावित जोखिमहरु हुन सक्ने भन्दै बैङ्कहरु लाई जेष्ठ ५ गते सम्म पुर्णरुपले बन्द गरीएको जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

नवलपरासी जिल्लाको पुर्वी र पश्चिमि दुबै जिल्लामा १÷१ जना कोरोना भाईरसका संक्रमितहरु भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *