पश्चिम नवलपरासीमा पिसिआर विधिबाट कोरोना परीक्षण सुरु

परासी, बैशाख १७ ।
पश्चिम नवलपरासीको ७ वटै स्थानिय तहहरुमा पिसिआर विधिबाट कोरोना परीक्षण कार्य शुरु भएको छ । स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने कार्य आज देखि सुनवल नगरपालिका बाट शुरु भएको छ ।

क्वारेन्टाईनमा बसेर आरडिटि टेष्ट निगेटिभ आएर घर गएका लाई श्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना टेष्ट गर्ने कार्य अगाडि बढाईएकोे पश्चिम नवलपरासी स्वाथ्य कार्यालय प्रमुख गौरब ढकालले बताउनु भएको छ । प्रदेश सरकार ५ मार्फत पश्चिम नवलपरासीमा २ भिटिएम प्राप्त भई प्रत्येक पालिकामा २५ जनाको दरले पिसिआर विधिबाट कोरोना परीक्षण गेर्ने ढकालले भन्नु भएको छ । यस्तै थप भिटिएम प्रदेश सरकारले दिएपछि विदेश बाट आई होम क्वारेन्टाईनमा बसेका लाई पनि पिसिआर विधिबाट टेष्ट गरीने भन्नु भयो । जिल्लाका १३ स्थानमा ४ आइसोलेसन र ३ सय १६ क्वारेन्टाइन छ । स्थानीय तहमा २५ देखि ५० जनासम्मको स्वाब संकलन गरिने छ । पश्चिम नवलपरासीमा संस्थागत क्वारेन्टाइनमा बसेर गएकासहित क्वारेन्टाइनमा बस्नेका संख्या २ सय ९० छ भने होम क्वारेन्टाईनमा बस्नेलाई ७ सय रहेका छन् । अधिकांश छिमेकि राष्ट्र भारत बाट आएका रहेछन् ।

संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने र रिर्पोट २४ घण्टा भित्र आउने छ । पश्चिम नवलपरासीमा ७ वटा स्थानिय तह रहेको छ । हाल सम्म यहाँ कोरोना संक्रमितहरु देखा नपरेपनि सिमावर्ति पालिकाहरु लाई नेपाल भारतको खुल्ला सिमानाकाले चुनौति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *