पश्चिम नवलपरासीमा पनि कोरोना संक्रमित भेटिए

परासी बैशाख ३१ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारीको अध्यवधिक जानकारी अनुसार प्रतापपुर गाउपालिका वडा नं. ५ का ३६ वर्षिय पुरुष रहेका छन् ।

सोमबार पश्चिम नवलपरासीका १ सय ७३ जनाको स्वाब संकलन गरि आरटि पिसिआर परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो ।  उनि भारत बाट २८ गते नै नेपाल प्रवेश गरेका थिए भने उनि घर परीवारमा नगई सिधै उनलाई क्वारेन्टाईनमा ल्याईएको थियो । अहिले तिनलाई परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याउने तयारी भईरहेको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले  बताउनु भएकाे छ । यस अघि नवलपरासीमा भने संक्रिमित देखिएका थिएन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *