पर्यटन वर्ष सफल बनाउन माडी कोसेढुंगा: मन्त्री नेपाल

पर्यटन भ्रमण वर्ष–२०२० सफल पार्न चितवनको माडीे सोमेश्वरगढी कोसेढुंगा साबित हुने प्रदेश नं ३ पर्यटन मन्त्री अरुण नेपालले बताएका छन् ।

माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला–२०७६ को समापन समारोहमा मन्त्री नेपालले देशकै १०० पर्यटकीय गन्त्व्य मध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको क्षेत्र सोमेश्वरगढीको विशेषता भएको बताएका हुन् । उनले मूर्ति कार्यशालाको सिर्जनाले थप सम्भावना विकास भएको बताएका हुन् । माडीलाई कलाको केन्द्रका रुपमा विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ । ‘माडी धेरै हिसाबले महत्वपूर्ण छ त्यसैले यो ठाउँ प्रदेश सरकारको प्राथमिकतामा छ, पर्यटन प्रर्वद्धनको लागि यहाँको सम्भावनाको प्रचार हुन आवश्यक छ’ मन्त्री नेपालले भने । स्थानीय तह र प्रदेश सरकारको समेत पहलमा भौतिक विकासदेखि राष्ट्रियरुपमा गढीलाई परिचित गराउनाले मात्र पर्यटन विकासमा थप भूमिका खेल्ने उनले बताए ।

स्थानीय तथा पर्यटक २४ सौँ घण्टा निकुञ्जको बाटो हुँदै माडी आवतजावतका लागि पहल थालिएको उनले आश्वासन दिए । ‘निकुञ्जका कारण स्थानीयलाई खड्किएको समस्याको दीर्घकालिन सामाधानका लागि मन्त्रिमण्डलीय तथा स्थानीय जनप्रतिनिधीसँग समेत छलफल भएका छन्’ उनले भने । फरक प्रसंगमा मन्त्री नेपालले नेपालको भूमिमा अतिक्रमण सह्य नहुने जीकिर गरे । अरुको भूमि एक इन्च नचाहिने र नेपाली भूमि एक इन्च नछोडिने उनले बताए ।

कार्यक्रममा माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले नेपाल लेखिएका सोमेश्वरगढीका ५० बढी मूर्तिहरु सीमा सुरक्षामा साक्षी रहने विश्वास व्यक्त गरे ।  सम्भावनाहरुको उर्वरभूमि माडीको सोमेश्वरगढीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि समन्वय गरेकोमा नगरप्रमुख ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानप्रति धन्यवाद व्यक्त गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा गत कात्तिक २३ गते बाट उक्त क्षेत्रमा मूर्ति कार्यशाला जारी रहेको थियो । कार्यशालामा सहभागी चर्चित मुर्तिकारहरुले गढीमा ५० बढी परम्परागत, धार्मिक,आधुनिक र समासमयिक मूर्ति कुदेका छन् । नरायनी अनलाइन

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )