नेपालमा अन्तराष्ट्रिय स्तरको प्रहरी तालिम केन्द्र बनाइने:प्रहरी महानिरिक्षक खनाल

परासी, फागुन २७ ।
नेपालमा अन्तराष्ट्रिय स्तरको प्रहरी तालिम केन्द्र बनाउने प्रहरी महानिरिक्षक सवेन्द्र खनालले बताउनु भएको छ । नवलपरासीको जर्गहामा रहेको प्रहरी युक्ति तालिम केन्द्रमा सर्पदशं नवनिर्मित भवनलाई उद्घाटन गर्न आउनु भएको प्रहरी माहानिरीक्षक खनालले अब नेपालमा तालिम केन्द्रहरु त बन्ने क्रमहरु जारी नै रहेको छ तर अब अन्तराष्ट्रिय स्तरको तालिम केन्द्र बनाउने बताउनु भएको छ ।

प्रहरी तालिम महाविद्यालयहरु ले निकै राम्रो प्रहरी तथा द्धृढका साथ कार्य गर्ने प्रहरी उत्पादन गर्दै आएको बताउनु भएको छ । यसरी तालिम प्राप्त प्रहरीहरु लाई थप आन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरी अन्तराष्ट्रिय स्तर मै नाम चलाउने खालको प्रहरी उत्पादन गर्ने नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बताउनु भयो । नेपाल प्रहरीको भौतिक संरचना तथा तालिम केन्द्र बनाउनको लागि विभिन्न प्रदेशमा अत्याधिक जग्गा पाईरहकोले अब तालिम केन्द्रहरु हरेक ठाँउमा बनाउने बताउनु भएको छ । नेपाल प्रहरीले अहोरात्र खटि जनताको सेवा गर्दै आएकोले भौतिक संरचना तथा आधारभुत आवश्यकता हरु पुरा गरी उनिहरुको मनोबल उच्च गराउने हाम्रो चाहना रहेको छ । नेपाली नागरीकहरु लाई सुखि तथा शान्ति समाज बनाउनेको लागि प्रहरी निकै महत्वपुर्ण भुमिका खेलेको हुँन्छ । अपाराधिक घटनाहरु तथा तस्करीहरु लाई रोक्नको लागि नेपाल प्रहरीले कुनै हालतमा पछि नपर्ने प्रहरी महानिरिक्षक खनाले बताउनु भयो । गुण्डा र अपराधिहरुलाई तह लगाएरै छाडने योजना बनाएको बताएका छन् । प्रहरी महानिरिक्षक खनालले अपराधि तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ती सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको कार्यक्रम सम्बोधनमा जानकारी दिए ।


प्रहरी महानिरिक्षक खनाल एक औपचारिक कार्यक्रम बिच नवलपरासीको सुनवल नगरपालिका ११ जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयको नव निर्मित कार्यालय भवनको रिबन काटेर उद्दघाटन पनि गरेका छन् । प्रहरी तालिम महाविद्यालयले २ करोड ८४ लाख ४१ हजार ५४२ रुपैयामा निर्माण गरेको २४ कोठो तिनतल्ले कार्यालय भवनको प्रहरी महानिरिक्षक खनालले रिबन काटी शिलालेख पनि अनावरण गरेका हुन् । त्यस्तै उक्त महाविद्यालयमा ५ करोड, ४७ लख ४३ हजार ९४१ रुपैयामा निर्माण सम्पन्न भएको २३ कोठे तिनतल्ले ब्यारेक तथा मेस भवनको पनि उद्दघाटन गर्दै सुनवल नगरपालिकाद्धारा आर्थिक सहयोग प्रताप्त भई निर्माण भएको शर्पदंश उपचार केन्द्रको पनि रिबन काटेर उद्दघाटन गरेका हनु ।


महाविद्यालयका प्राचार्य तथा प्रमुख नल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यलय भवन उद्दघाटन तथा पुरस्कार एवं सम्मान वितरण कार्यक्रममा विभिन्न पदका प्रहरीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको छ । कार्यक्रममा उक्त विद्यालयबाट तालिम प्राप्त कमाण्डोहरुले आतन्कवादी तथा अपराधिहरुलाई नियन्त्रणमा लिन र पिडितहरुलाई रेस्क्यु गर्दै शान्ति सुरक्षा प्रदान गर्ने शैली समेत प्रदर्शन गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरिक्षक खनालले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनिति अपनाएर काम गरिरहेको जानकारी दिए । कार्यक्रममा विशिष्ट अतिथि अतिरिक्त प्रहरी महानिरिक्षक धिरु बस्नेत, सुनवल गरपालिका प्रमुख भिम बहादुरा थापा क्षेत्री, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, लगातयले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *