नागरीक संग पैसा भए मात्र उद्योग फस्टाउने, कृषिमा लगानी गर्न मुख्यमन्त्री पोखरेलको आग्रह (फाेटाेफिचर सहित)

नागरीक संग पैसा भए मात्र उद्योग फस्टाउने, कृषिमा लगानी गर्न मुख्यमन्त्री पोखरेलको आग्रह (फाेटाेफिचर सहित)


परासी, बैशाख २२ । नागरीक गरीब भए उद्योग व्यापार नचल्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ । नागरीकको खल्तीमा पैसा नआएपछि व्यापार मौलाउन सक्दै उहाँले बताउनु भएको छ ।


प्रदेश नं. ५ को उद्योग बाणिज्य महासंघको हिजो नवलपरासीमा भएको साधारण सभा लाई सम्बोधन गर्दै प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेले व्यापार मौलाउनको लागि किन्ने जनता धनि हुन आवश्यक रहेको बताउनु भएको छ । कुनै पनि व्यापार चम्किनको लागि किन्ने व्यक्ति संग पैसा भएन भने व्यापार नचल्ने “ उहाँले भन्नु भयो” । उत्पादित समान किन्नको लागि जनता संग पैसा नभए कस्ले किन्ने भन्ने प्रश्न समेत उहाँले गर्नु भयो । उद्योगि व्यवसायि धनि हुने अनि जनता गरीब हुने हो भने कसरी उद्योग फस्टाउने अनि व्यापार मौलाउने मुख्यमन्त्री पोखरेलले भन्नु भएको छ । यस्तै उहाँले भन्नु भयो “कृषि क्षेत्रमा प्रदेश सरकारको बढि ध्ययान भएको छ , जस्मा उद्योगि व्यवसायिहरुले पनि लगानी गर्न आवश्यक रहेको भन्नु भएको छ । प्रदेश ५ कृषिको सम्भावना बढि बोकेको प्रदेश भएको कारणले गर्दा कृषिमा आधुनिकिरण सहित अगाडि बढनु पर्यो उहाँले भन्नु भयो ।

प्रदेश ५ कै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्योगिहरुको समस्या समाधान गर्न प्रदेश सरकारले विभिन्न कार्य गर्ने भएको छ । प्रदेश ५ ले निजि क्षेत्रमा मात्रै सुधारको लागि ६२.६ प्रतिशत लगानी गर्ने चौधरीले भन्नु भयो । उद्योगि व्यवसायिहरुले विधुत र बाटोको समस्या बढिको बताउने गरेको “उहाँले भन्नु भयो” । त्यो समस्याहरु लाई निराकरण गर्नका लागि अगामि ५ वर्ष भित्र प्रदेश ५ का सबै बाटोहरुको स्तरउन्नोत्ति गरीने बताउनु भएको छ । सिमानाका संग जोडिएको बाटोहरु लगायत उद्योग संग प्रत्यक्ष रुपमा जोडिएको कच्चि बाटोहरुलाई कालोपत्र गरीने मन्त्री चौधरीले भन्नु भएको छ । त्यस्तै विधुतको समस्या समाधानका लागि प्रदेश ५ भित्र सम्भावना बोका कतिपय जलबिधुत आयोजनाहरुको सर्वे भईसकेको छ भने केही बन्ने क्रममा पनि रहेको भन्नु भयो ।

यस्तै उद्योग बाणिज्य संघ नेपालका केन्द्रिय उपाध्यक्ष शेखर गोल्छाले निजि क्षेत्रलाई हेर्ने द्धृष्टिकोणमा परीवर्तन आउन आवश्यक भएको बताउनु भएको छ । निजि क्षेत्रलाई जहिले पनि एकरुपी नाफामुखि क्षेत्र मात्रै भएको हेर्ने द्धृष्टिकोणमा परीवर्तन गर्नुपर्छ “उहाँले भन्नु भएको थियो” । निजि क्षेत्र नाफामुखि मात्र नभई राज्यलाई अर्थतन्त्र चलाउनको लागि ठुलो कर पनि तिरको हेर्न भन्नु भएको थियो । निजि क्षेत्र द्धारा सञ्चालित उद्योगहरुमा गर्ने काम गर्ने कामदारहरु यहिका नागरी भएर रोजगार समेत सृजना भएको गोल्छाले भन्नु भयो । बैंकको चर्को व्यजदार घटाउनको लागि नेपाल उद्योग वाणिज्य महासंघले पटक पटक सरकारलाई ध्यानकर्षण गराए पनि त्यसको पहल हुन नसकेको भन्नु भएको थियो । देशमा समृद्धि ल्याउन यस्ता ठुलो करतिर्ने उद्योगि व्यवसायि संस्थालाई पनि सरकारले सुन्न आवश्यक भएको भन्नु गोल्छाले भएको थियो । उद्योगहरु लाई अनुगमन गर्दा नकारात्म द्धृष्टिकोण बाट मात्र नभई सकारात्मक सोच सहित अनुगमन गर्नु पनि आवश्यक भएको भन्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले प्रदेश ५ भित्र रहेका ३४ वटा उद्योग वाणिज्य महासंघहरुको सहभागिता रहेको थियो । तिवारीले प्रदेश ५ भित्र उद्योगमा लगानि गर्ने सम्भावना प्रबल भएकोले यहाँ यसमा प्रदेश सरकारले हेर्न आवश्यक रहेको बताउनु भयो । नवलपरासीमा औधोगिक कोरीडोर बन्दै गर्दा यसका लागि रणनितिक रुपमा अगाडि बढनु पर्यो “उहाँले भन्नु भयो” ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु चन्द्र ढकाल, उमेश लाल प्रधान, प्रदेश १ अध्यक्ष नरेन्द्र खड्का, गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव कोईराला र नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्माले लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

साधारण सभाका अवसरमा प्रदेश उद्योग वाणिज्य महासंघले बुटवल उद्योग वाणिज्य संघका कार्यकारी सचिव सञ्जय ज्ञवाली,नवलपरासीका कार्यकारी सचिव रमा शंकर कुर्मी, प्रदेश उद्योग वाणिज्य महासंघका कार्यालय सहायक बसुन्धरा पंगेनी , अधिवक्ता बाबुराम पाण्डे, लेखा परीक्षक नेत्र ज्ञवाली, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान श्रेष्ठ र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार चन्दलाई सम्मान गरेको थियो । त्यस्तै जगदम्बा सेन्थेटीक्स इण्डष्टिज प्रालि रुपन्देही, सिद्धि बिनायक स्याक्स एण्ड नुडल्स प्रालि नवलपरासी र बाहुवली हर्वल एण्ड एकट्याक्टस प्रालि बाकेलाई उत्कृष्ट उद्योगका रुपमा सम्मान गरीएको थियो । सम्मानित व्यक्तित्व तथा उद्योगिहरुलाई मुख्यमन्त्री पोखरेल र अध्यक्ष तिवारीले सम्मान गर्नु भएको थियो ।

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )