नवलपरासीका दुई छोटि भन्सार बन्द पछि स्थानिय आक्रोसित, फेरी सञ्चालनमा नआए आन्दोलन गर्ने चेतावनी


परासी, फागुन १४ ।
पश्चिम नवपलरासीमा महेशपुर ठुलो भन्सार संगै ४ छोटि भन्सारहरु पनि रहेको छ । यि छोटि भन्सारहरु ले गाडिहरुको सुविधा बनाउने काम गर्छ । त्यसै छोटि भन्साहरु अन्तगर्त रहेको विष्णुपुरा छोटी भन्सार र भुजहवा भन्सार आज देखि सुविधा बनाउन बन्द गरेको छ ।
नवलपरासीको पाल्ही नन्दन गाँउपालिका को विष्णुपुरा छोटि भन्सार र सरावल गाँउपालिका को भुजहवा छोटि भन्सार कार्यालय आज देखि सुविधा बनाउने काम बन्द गरेको छ । महेशपुर ठुलो भन्सारका अधिकृत हेमचन्द्र शर्मा ले हिजो राति विष्णुपुरा छोटि भन्सार र भुजहवा छोटि भन्सारको काग्जात एक्कासी आएर खोसे पछि त्यहाँ बाट सुविधा बनाउने कार्यहरु बन्द भएको विष्णुपुरा कार्यालय सहयोगि गुड्डु ले बताउनु भएको छ । यि छोटि भन्सारहरु ले त्यहाँ बाट गाडिहरुको सुविधा बनाउने कार्य मात्रै गरीरहेको थियो । यि भुजहा नाका र विष्णुपुरा नाका भारतको विभिन्न बजारहरु संग जोडिएको नाका रहेको छ । यि नाकाहरु बाट दिनहु सय भन्दा बढि गाडिहरु सुविधा भई नेपाल तर्फ जाने गरेको थियो ।


सुविधा बनाउने कार्य तथा भन्सार कार्यालय धेरै पहिला देखि नै रहेको स्थानिय राजु वर्माले बताउनु भएको छ । तर हिजो राति एक्कासी महेशपुर भन्सारका कार्यालय प्रमुखले काग्जात जफत गरी भन्सार बन्द गर्दा हामि स्थानिय समस्यामा परेको बताउनु भएको छ । रोटि बेटिको सम्बन्ध भारत संग भएको कारणले भारतमा रहेका हाम्रा अफन्तीहरु नेपाल आउँदा हामि नै प्रत्यक्ष मर्कामा पर्ने वर्माको भनाई छ । यहाँ बाट मुल भन्सार महेशपुर ८ किलोमिटर दुरीमा भएको कारणले त्यहाँ सुविधा बनाउन जाँदा समय खेर संगै खर्चिलो समेत पर्ने वर्माले भन्नु भयो । यस्ता भन्सारहरुको स्तरउन्नोत्ति गर्दै थप सेवा विस्तार गर्ने ठाँउमा पाईरहेको सेवा समेत बन्द गर्नु भनेको जनतालाई कष्ट दिनु बराबर रहेको बताए । वर्माले यसको विषयमा महेशपुर भन्सारका प्रमुखलाई फोन गरी सोध्दा ति नाकाहरु बाट चोरी निकासी र तस्करी भएको बताएको वर्माको भनाई छ । तर यसै भन्सार वरीपरी प्रहरी चौकी रहेपछि कसरी तस्करी भएको भन्ने वर्माको प्रश्न रहेको छ तस्करी भएको छ भने प्रहरीलाई कडाई गर्ने ठाँउमा जनतालाई दुख दिनु कहाँको नियम भएको राजु वर्माले बताउनु भएको छ । गाडिको सुविधा बनाउने भन्सारमा जब तस्करी हुन्छ भने ठुलो भन्सार बाट मालहरुको भन्सार गरीन्छ त्यहाँ के भईरहेको होला भन्ने वर्माले भन्सारको अधिकृत हेमचन्द्र शर्मा लाई वर्माले प्रश्न गरेका छन् ।
आज मात्रै यि छोटि भन्सारहरु बाट सुविधा बनाउन आएका पचास भन्दा गाडिहरु फर्केर घर गएका छन् । यदि भन्सारलाई फेरी सञ्चालनमा ल्याईएन भने कडा आन्दोलन गर्ने स्थानियहरु ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *