नरायणी नदिमा पानी जहाजको सम्भाव्यता अध्ययन


फागुन २२ ।
नवलपरासीको नरायणी नदिमा पानी जहाज चलाउनको लागि एक प्राविधिक टोलिले अवालेकन गरेको छ । नरायणी नदिमा पानी जहाज चल्नको लागि सम्धाव्यता वारे एक टोलिले हिजो अवलोकन गरेको छ ।


सन २०१८ साल को अप्रिल ६ र ७ तारीखमा नेपाल र भारत दुई देशका प्रधानमन्त्री प्रम ओली र मोदि बिच भएको सहमती अनुसार पानी जहाज चलाउने बारे सम्भाव्यताहरुको अवलोकन शुरु भएको छ । नेपालमा पानी कजहाज चलाउनको लागि सम्भाव्यता अध्ययन गर्ने गठित टोलिले सुस्ता गाउपालिकाको १२ नम्बर ठोक्र(स्पर) हिजो अवलोकन गरेको छ । भारत बाट आउने पानी जहाजको टर्मिनल (रुक्ने ठाँउ) कहाँ राख्ने भन्ने विषयमा नरायणी नदिको १२ नम्बर ठोकर (स्पर) मा राख्न सकिने भनेर अध्ययन तथा अवलोकन गरेको हो । बाईट माधव वेल्वासे
त्यस्तै त्यहाँ नरायणीको १२ नम्बर ठोकर बाट सिधै माथि लैजानको लागि नरायणी नदि बाट निसकेको गण्डक मुल नहर बाटो पनि हुन सक्ने अवलोकन टोलिले जनाएको छ । नेपालमा पानी जहाज चलाउनको लागि प्राविधिक टोलिले गरेको अध्ययन अनुसार १.५ मिटर गराईमा सय मेट्रिक टनको जहाज चलाउन सकिने भनिए अनुसार तत्काल त्यसैलाई प्राथ्मिकता दिदै विस्तारै कार्यन्व्यनमा जाने टोलिको भनाई छ । बाईट माधव वेल्वासे
पानी जहाजको सम्धाव्यता अध्ययन गर्ने नेपाल र भारतको प्राविधिक टोलिले आज कोशी नदिमा पनि अवलोकन गर्ने छ । जल तथा उर्जा आयोगका माधव वेल्वासेको संयोजकत्वमा आएको टोलिमा , पर राष्टका रिता धिताल, भौतिक पुर्वधारकका गोपाल सिग्देल, उद्योग तथा वाणिज्यका मध्व मरासिनि र भारतिय प्राविधिक टोलि लगायतको ले अवलोकन गरेको छ । टोली आज कोशी नदिको अवलोकन पछि काठमन्डौ फर्केर बैठक बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *