धुलिखेलमा सुत्केरीको मृत्यु पछि अस्पतालमा सतर्कता

काठमाडौं, ३ जेठ । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको छ ।

उनकाे स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरीएकाे थियाे । उपचार कै क्रममा उनि बाह्रबिसेकी २९ वर्षय महिलाको बिहीबार राति मृत्यु भएपछि अस्पतालमा सकर्कता अपनाइएकाे छ ।

ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *