तस्करको निसानामा धार्मिक धरोहर

चैत २५, २०७५

जाजरकोट– धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका माथिल्लो डोल्पाका गुम्बा प्रत्येक वर्ष तस्करको निसानामा पर्दै आएका छन् । बौद्ध धर्मालम्बीका ऐतिहासिक महत्त्व बोकेका गुम्बामा राखिएका हजारौं वर्ष पुराना मूर्ति र धर्मग्रन्थहरू हराउँदै गएपछि गुम्बाहरू तस्करको निसानामा परेको खुलासा भएको हो ।

उपल्लो डोल्पाको शे गुम्बा, रे गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायतका दर्जनौं गुम्बाहरू तस्करको निसानामा परेका छन् । बौद्ध धर्मालम्बीहरूको बस्ती धेरै भएको माथिल्लो डोल्पामा पछिल्लो चार वर्ष यतामात्रै दर्जनौं थान बहुमूल्य मूर्तिहरू चोरी भएका छन् ।, कारोबारमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *