जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा रहन पाउनुपर्ने माग

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा रहन पाउनुपर्ने माग

काठमाडाैंमंसिर ५ । संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै महराका तर्फबाट निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

‘थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भनी मुलुकी कार्यविधिसंहिताको दफा ७३ बमोजिम उहाँ (कृष्णबहादुर महरा)को निवेदन प्राप्त भएको छ,’ रजिस्ट्रार दाहालले लोकान्तरसँग भने ।

जिल्ला अदालतको आदेशअनुसार महरा हाल डिल्लीबजार कारागारमा थुनामा छन् । लाेकान्तर

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )