जवरजस्ती करणी गर्ने पक्राउ


परासी, माघ ५ ।
पश्चिम नवलपरासीमा जवरजस्ती करणी गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । हिजो साझ ६ बजे बाटोमा हिडिरहेकी १४ वर्षिय बालिकालाई जवरजस्ती गर्ने रोहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


विगत केही दिन देखि आफ्नो ठुलीआमाको घरमा बस्दै आएकी ति बालिकालाई सुनवल नगरपालिका वडा नं. २ बस्ने २२ वर्षिय रोहित यादवले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बाटोमा हिड्दै गरेको अवस्थामा जवरजस्ती समाति बोल्न कराउन नदिई नजिकैको खेतमा जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ ।


पक्राउ गरीएको यादवलाई जवरजस्ती करणीको मुद्धा द्धर्ता गरी थप अनुसन्धान भईरहेको जि.प्र.का. का सूचना अधिकारी थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *