जनसागरले मेला स्थल खचाखच


रमेश भुसाल ,मंसिर १४ । पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशिक औद्योगीक व्यापार मेलाको आज १० औैैं दिन जनसागरले मेला स्थल खचाखच भरिएको थियो । १० औं दिनमा मात्रै २० हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी गराएको छ ।

सचिवालयको जानकारी अनुसार मेला संचालन भए यताकै शनिबार सबैभन्दा बढि दर्शकले मेला अवलोकन गरेको र आर्थिक कारोबार पनि उच्च रहेको जनाएको छ । मेला सोचे भन्दा पनि सफल हुनेमा आफुहरु ढुक्क रहेको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताए । त्यस्तै मेलामा आफुहरु लिएको आर्थिक कारोवारको लक्ष्य नजिकै पुगेको संघका वाणिज्य उपाध्यक्ष तथा मेलाका आर्थिक संयोजक लेखनाथ खरेलले बताए ।
बच्चा देखि बृद्वबृद्धाहरु सबैलाइ मन पर्ने लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तु

ति ले दर्शकहरुलाई झुम्माएको थियो भने दर्शकहरु पनि कम्मर मरकाई मरकाई नाचाएकारहेक थिए । वास्तवमै मेलाको माहोल संगितमय वनेको थियो । त्यस्तै युवा पुस्ताका लोकप्रिय पप गायक कमल खत्रिको प्रस्तुतिले साँझको समायमा मेला स्थलमा थप रौनक छाएको थियो भने युवा युवती झुम्मी झुम्मी नाचेका थिए । त्यस्तै गायिका दुर्गा सापकोटा र गायक दिपक खड्का, इन्दु गैरे लगाएतले समेत दर्शकको मन जितेका थिए । मेला परिसरमा रहेका स्टल व्यापारीहरु पनि निकै व्यस्त थिए भने अरु दिन भन्दा बढि व्यापार भएकोमा सन्तुष्टि थिए ।


यसैगरि मेला परिषरमा बिहिबार बाट सुरु भएको खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिताले पनि मेलाको रौनक झन् बढाएको छ । शनिबार नवलपुर भलिबल संघ र गुल्मि भलिबल संघ बिच भएको सेमिफाइनल खेलमा नवलपुर भलिबल संघले गुल्मि भलिबल संघलाइ पराजित गरेको छ ।

त्यस्तै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले नवलपरासी भलिबल संघलाइ हराउदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । आइतबार हुने फाइनल खेलमा नवलपुर भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब रुपन्देही पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, सो खेलबाट पराजित टिम दास्रो हुनेछ भने तेस्रो स्थानका लागि नवलपरासी भलिबल संघ र गुल्मि भलिबल संघ बिच प्रतिस्पर्धा हुने खेलकुद व्यवस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए । प्रतियोगितामा बिजेता समुहलाई १ लाख १० हजार रुपैया र दोस्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *