गुठी परसौनीमा (झुलनीपुर) सरसफाई

संजय कुशवाहा, बेलाटारी, माघ ८ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी दृारा सरसफाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । १९ अौ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा उक्त कार्यक्रम गरिएको हो ।

सरसफाइ कार्यक्रम बुधबार बिहान प्रतापपुर गाऊपालिका वडा नं‌ ६ गुठी परसौनी (झुलनीपुर) का सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनीले वडा न.४ बर्दघाटेमा भएको दुर्गा मन्दिर ,वडा न.५ बैदोलीमा भएको शिव मन्दिर ,वडा न.६ झुलनिपुरमा भएको बुद्ध मन्दिर लगायतका मन्दिरहरू सरसफाई गरीको हुन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *