काठमान्डौ प्रहरी परिसरले अपहरणको जाहेरी लिन मानेन

काठमान्डौं, बैशाख, १४ ।
महानगरीय प्रहरी परिसर काठमान्डौंले अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । सत्तारुढ दल कम्युनिष्ट (नेकपा) पार्टीका संसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्धको अपहरण तथा शारीर बन्धकको जाहेरी लिन मानेन ।

जनता समाजवादी पार्टीका नेताहरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु आज पूर्व स्वास्थ्य मन्त्री डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु, काठमान्डौं पुगेका थिए । तर एसएसपी श्यामलाल ज्ञवाली भने मुर्दा दर्ता अस्वीकार गरे पछि नेताहरु फर्केका छन् । शुरुमा करीब ६ घण्टा सम्म परिसर प्रमुख नभएकोले जाहेरी दर्ता हुन सकेको थिएन् । ६ घण्टाको पर्खापछि आएका परिसर प्रमुखले म यो निवेदन दर्ता गर्न नसक्ने भन्दै जहाँको हो त्यँही गएर गर्न नेताहरुलाई भनेका थिए ।

पुर्व आईजिपि खनाल सहित बस्नेत र श्रेष्ठ माथि तत्कालिन समाजवादी पार्टीका संसद डा. सुरेन्द्र यादवलाई महोत्तरी बाट काठमान्डौं सम्म अपहरण गरी ल्याएको आरोप लागेको छ । सभारः विभिन्न अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *