काठमाडौंका २ प्रहरीलाई कोरोना संक्रमण, विभिन्न वृत्त सिल

काठमान्डाैं , जेष्ठ ७

काठमान्डाैंकाे महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुईजना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कालीमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोराना पुष्टि भएसँगै विभिन्न ६ इकाइ सिल गरिएको महानगरिय प्रहरी कार्यालय प्रमुख डीआइजी विश्वराज पोखरेलले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा मंगलवार साँझ २ प्रहरी अधिकारीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै वृत्त नजिकैको महानगरीय ट्राफिक प्रहरी प्रभाग, महिला सेल, बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *