कवासोतीमा ठुलो अवाज सहित बम पड्क्यो ।



नवलपरासी , फागुन ३० ।
पुर्वी नवलपरासीको सदरमुकाममा बम विष्फोट भएको छ । सदरमुकामको फलफुलचोक स्थित बन डिभिन कार्यालय अगाडि विष्फोट भएको छ ।

साढे ११ बजेको समयमा बम आफै विष्फोट भएछि ठुलो अवास भएको थियो । विष्फोट बाट मानविय र भौतिक क्षती नभएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । बमको अवाज अनुसार सकेट बम हुन सक्ने अनुमान गरीएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै बम विष्फोट हुदा स्थानीय त्रसीत बनेका छन् । आजै विहान पुर्व पश्चिम राजमार्ग अन्र्तगत जयश्री पुलमा राखीएको शंकास्पद बस्तु नेपाली सेनाले हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *