उँखु किसान द्धारा आन्दालनको घोष्णा, राजमार्ग अवरुद्ध देखि काठमान्डौं केन्द्रित सम्म आन्दोलन


संजय कुशवाहा, बेलाटारी, माघ १४ ।
पश्चिम नवलपरासीका उँखु किसानहरु ले आन्दोलनको घोष्णा गर्दै कार्यक्रमहरु अघि बढाएको छन् । उँखुको भुक्तानि लाई लिएर उनिहरु ले आन्दोलनको समय तालिकका बनाएका छन् ।

हिजो बसेको उँखु उत्पादक समितिको बैठकले राजमार्ग अवरुद्ध देखि लिएर विभिन्न आन्दोलनको चरण तय गरेको छ । पश्चिम नवलपरासीमा रहेको उँखु चिनिमिलहरु ले ३ वर्ष देखिको भुक्तानि नदिँदा उनिहरु अब राजमार्ग अवरुद्ध गर्ने चेतावनि दिएका छन् । हिजोको बैठम बाट उँखु उत्पादक समितिले आज देखि २० गते सम्म आन्दोलनको चरण हरु अगाडि सारेको रहेछ । उँखु किसान संग प्रमुख जिल्ला अधिकारी अगाडि पटक पटकको समझौताले पनि उनिहरुले पुरानै रवैया देखाएको हुनाले अब ठुलै आन्दोलनको आवश्यकता महशुस भएको उँखु उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले बताउनु भएको छ ।

३ वर्षको २५ करोड उँखु भुक्तानि बाँकी रहेको छ । उँखु किसानहरुले उँखुमिल अगाडि धर्ना दिएर बस्दा पनि सम्बन्धित नियका मौन बसेपछि अब समान्य आन्दोलन वा धर्नाले नहुने उँखु किसानहरुको भनाई रहेको छ । गएको पुष १८ गते नेपाल सरकार र उँखु किसानहरु विच उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बैठक बसी माघ ७ गते भित्र भुक्तानि दिलाउने लिखित प्रतिब्धता भएको थियो तर हाल सम्म त्यसको कार्यन्वयन नभएको हुनाले अब आन्दोलनको चरणहरु बनाएको छ ।

नवलपरासीको पुर्व–पश्चिम राजमार्ग अवरुद्ध देखि काठमान्डौं सम्मको आन्दोलनको मिति तय गरीएको छ । आज जिल्लाका विभिन्न राजनितिक दलहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम रहेको छ भने १५ र १६ गते किसान जनजागरण अभियान, १७ गते बृहत किसान भेला, १८ गते पत्रकार भेटघाट कार्यक्रम, १९ गते राजर्माग अवरुद्ध, तथा प्रदर्शन र २० गते आन्दोलनको कार्यक्रमहरुको समिक्षा गरी काठमान्डौं केन्द्रित आन्दोलनको मिति उँखु उत्पादक समितिले तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *