उँखु किसानको ३० करोड बाक्यौता,सम्बन्धित निकाय मौन


परासी, माघ ४ ।
पश्चिम नवलपरासीमा वृद्ध महिलाहरु ले उँखु भुक्तानि लाई लिएर आज १५ दिन देखि अनसनमा बसेका छन् । ३ वर्ष देखिको उँखुको भुक्तानि नपाएपछि महिलाहरुले ईन्दिर सुगर एण्ड एग्रो ईण्डष्ट्रिज प्रा.लि. अगाडि धर्ना दिई अनसनमा बसेका छन ।


सो चिनिमिलले ३ वर्ष देखिको १४ करोड भुक्तानि बक्यौता लगाएको छ । उँखु किसानहरुले पैसा नपाए पछि महिलाहरु आफँुहरु नै आएर धर्नामा बसेका रहेछन् । आज १५ दिन सम्म वित्दा पनि उनिहरुको सुनवाई गर्ने कुनै पनि निकायले पहल नगरेको देखिएको छ । ति वृद्ध महिला उँखु किसानहरुले हामि धर्नामा बसेको यत्रो दिन भएपनि सम्बन्धित निकायहरु मौन बसेको बताएका छन् ।

उनिहरुको मुख्य खेति नै उँखु भएको ले अहिले भुक्तानि नपाएपछि घरमा क्षाक टार्न समेत गह्रो भएको गुनासो गरेका छन् । छोरा विरामि भएपनि पैसा नभएर उपचार गराउन नसकिएको ७० वर्षिय वृद्ध उँखु किसान ज्ञानि यादवले बताएकि छिन् । ईन्दिरा सुगर एण्ड एग्रो ईण्डष्ट्रिज प्रा.लि. चिनिमिलले उनको ७० हजार बक्यौता लगाएको छ । उनि पटक पटक मिल धाए पनि पैसा नपाएको गुनासो गरेकी हुन् । अब त कि पैसा पाईन्छ कि मरीन्छ तर पैसा नलिई म यो मिल गेट अगाडि नै बस्छु मरे पनि यँही मर्छु उनको भनाई छ । आफ्नो वर्ष भरीको लगानि मिललाई दिए पनि हाम्रो पैसा दिन मिल साहुलाई आफ्नो पैसाको मोह लागेको तर हामि आज १५ दिन देखि चिसो र पानीझरी पर्दा पनि यहाँ सुनवाई गर्ने निकाय नभएको उनले आरोप लगाएकि छिन् ।


यस्तै आर्को वृद्ध महिला किसोरी गोसाईले उनको नातीको विद्यालयमा शुल्क तिर्न नसकेपछि विद्यालय बाट निकालिएको बताएकि छिन् । उनको अरु छोराहरु घर खर्च र केही क्रृण भर्नको लागि बाहिर कमाउन गएका छन् । उनको घरमा उनि र बुहारी मात्रै भएकोले उनि पनि आज १५ दिन देखि त्यही अनसनमा बसेकि छिन् । घरमा तरकारी किन्नको लागि पैसा नभएर नुन मार्चाको चट्नि लगाएर खादै गरेको बताएकि छिन् । गोसाईको पनि मिलले १ लाख भन्दा बढि बक्यौता लगाएको बताएकि छिन् । यस्तै कौशला दुषाधले पनि उँखुको भुक्तानि नपाएर महिनाका ५ प्रतिशको व्यजदारमा क्रृण लिएको गुनोसो गरेकि छिन् । मिलले उँखुको भुक्तानि नगरेपछि लिएरको क्रृण नै दोब्बर हुने हो कि भन्न चिन्ताले सताएको दुषाधले बताईन् ।


यता उँखु उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले उँखुमिल मालिकले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बैठक बसी माघ ७ गते भित्र भुक्तानि दिन भने पनि हाल सम्म त्यसको कार्यन्वयन नभएको बताएका छन् । सम्बन्धित नियका समक्ष कागजमा प्रतिवद्धता जनाए पनि अटेरी गरेको अरोप लगाएका छन् । यादवको भनाई अनुसार जिल्लामा ३० करोड जत्ति बाक्यौता रहेको छ जस्मा ईन्दिर सुगर एण्ड एग्रो ईण्डष्ट्रिज प्रा.लि. को १४ करोड, बागमति सुगर मिलको ९ करोड र लुम्बिनि चिनिमिलको ११ करोड रहेको छ । बगमति चिनिमिल ले भुक्तानि गरे संगै सञ्चालनमा पनि रहेको तर ईन्दिरा र लुम्बिनिले भने भुक्तानि पनि नदिएको र सञ्चालनमा पनि नरहेको यादवले बताएका छन् ।

यस्तै सरकारले दिएको २० लाख रुपया अनुदान रकम पनि किसानहरुले पाएका छैन्न । गत वर्ष कै अनुदान रकम झनझटिलो भएको कारणले गर्दा नपाएको यादवको भनाई छ । यस जिल्लामा लुम्बिनि चिनिमिल, बागमति उँखु खडसारी तथा चिनिमिल र ईन्द्रिरा सुगर चिनिमिल एण्ड एग्रो एण्डष्ट्रीज रहेको छ । तर हाल सञ्चलानमा भनेको एकमात्र बागमति चिनिमिल रहेको छ । यस वर्ष जम्मा उँखु १० देखि १२ लाख क्विन्टल मात्र रहेको छ । साढे ७ सहजार हेक्टर हुने उँखु खेतिको कुल उत्पादन २० लाख रहेको छ तर प्रत्येक वर्षको उँखुको भुक्तानि तथा क्रसिंगको समस्याले घटेर १२ लाख क्विन्टलमा झरेको छ । हाल सम्म ७÷८ लाख क्विन्टल उँखु क्रसिंग हुनु पर्नेमा एक मात्र चिनिमिल चलकोले ३ लाखको हाराहारीमा मात्र क्रसिंग भएको उँखु उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले बताएका छन् ।

उँखु माथिको राजनिति
यस्तै यहाँका केही राजनितिक पँहुच वालाहरुको फोरी राजनिति पनि रहेको छ । उनिहरुले उँखुलाई राजनितिक एजेण्डा पनि बनाउने गरेका छन् । हुनपनि हो जब प्रमुख जिल्ला अधिकारीले पनि कागजमा गरेको सहमतिलाई कार्यन्व्यन गराउन सक्दैन्न भने किसान विचारा सोझासाझा पँहुच वालाहरु त राजनिति गरी नै हाल्छन् । उँखु मिल साहुहरुको त्यस्ता व्यक्तिहरु संग पँहुच पनि रहेको । त्यही हालिमोहालि भएका उच्च पदका राजनितिक व्यक्तिहरुको सहयोगमा चिनिमिल माफियाहरुको हालिमोहालि रहेको छ । केही त के भन्छन भने चुनावी खर्च पनि यस्ता उद्योगिहरु ले धान्दो रहेका छन् त्यसो भएर पनि होला ति राजनितिक व्यक्तिहरुले सोझासझा किसानहरु माथि फोहोरी राजनित गरेका होलान् । उँखु क्रसिँग होस् या भुक्तानि नेताहरुले पालै पालो अनसन बस्ने आन्दोलन गर्ने जस बाट उनिहरुको आफ्नो खल्ती मात्रै तातो भएको हुन्छ । त्यस्कै आडमा उनिहरुले आफ्नो नजिकको व्यक्तिको भुक्तानिका लागि भनसुन गराएर भुक्तानि गराउँछन् र जो साचिकै पीडित किसानहरु छन् उनिहरु भुक्तानि बाट बाञ्चित भएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *