आज पूर्वी नवलपरासीमा बम आतंक


नवलपरासी, फागुन ३० ।
विप्लव बन्दले आज देशभरी नै जनजिवन प्रभावित बनेको छ । आज विहान देखिको बन्दले सार्वजनिक गाडी नचल्दा स्थानियलाई सास्ती खेप्नु परेको छ भने विभिन्न ठाँउहरुमा गाडी आगजनी र बमले जनतामा त्रास बनाएको थियो ।
यस्तै पूर्वी नवलपरासीमा बम आतंंक आज दिन भरी चलेको छ । विहानै देखि पूर्वी नवलपरासीको विभिन्न स्थानमा बम फेलाले गर्दा स्थानिय त्रसित बनेका थिए ।

त्यति मात्र नभई केही बाम ठुलो अवास सहित पडकेको पनि थियो । बम आँफै ठुलो अवाजमा पड्के पछि स्थानियहरु लाई बाहिर निस्कन समेत ड्र पैदा भएको थियो । केही ठाँउमा फेला परेको बमलाई नेपाली शेनाले डिस्पोज गर्न सफल भएपनि पूर्वी नवलपरासीको कावासोति सदरमुकाममा बम बारे प्रहरी र शेनालाई थाहा नभई आँफै पड्के थियो । कावासोती सदरमुकामको फलफुलचोक स्थित जिल्ला बन डिभिजन कार्यालय अगाडि नै दिँउसो साढे ११ बजेको समयमा बम आँफै पड्केको थियो । बम पड्के पछि भौतिक तथा मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बम पडके स्थान बाट जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी सय मिटरको दुरीमा रहेको छ । प्रहरी कार्यालय नजिकै ठुलो अवाजमा बम पड्के पछि स्थानि त्रसित भएका थिए । सुरक्षा दिने निकाय नजिकै बम पड्की भनेको आम नगरीकको सुरक्षा कसरी हुन सक्ने स्थानियले बताएका छन् ।

यस्तै पूर्वी नवलपरासीको गैडाकोट ९ थुम्सी स्थित जयश्री पुल नजिकै प्लटिङ्गमा बम फेला परेको थियो । २ वटा सुथली बम र ५ वटा पेट्रोल बम दिउँसो फेला परेको थियो भने शेनाले ति बमहरु लाई डिस्पोज गरेको थियो । यस्तै विहान यहि जयश्री पुल नजिकै आर्को बम पनि थियो जसलाई शेनाले डिस्पोज गर्न सफल भएको थियो । यि बमहरु समान्य भएपनि यसरी ठाँउको ठाँउ बम आतंकले स्थानियमा दिनभरी त्रास पैदा गरेको थियो ।
यस्तै पश्चिम नवलपरासीमा बम आतंक नभएपनि मध्यराति दुईवटा ट्रक पार्किग गर्नको लागि राखिएपनि त्यसमा आगजनी गर्ने प्रयास भएको थियो । नवलपरासीको सरावल गाँउपालिका वार्ड नं. १ बासा स्थित राजमार्ग छेउमा खड गरेर राखिएको खालि ट्रकमा आगजनीको प्रयास भएको हो । राती साढे १ बजेको समया खालि ट्रक ना ५ ख ७७ ४१ र ना ४ ख ६८२५ नम्बर भएको ति ट्रकहरुमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *