आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

नयाँ दिल्ली, पुस १२ कोरोला भाइरस तथा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रेम तिव्र गतिमा फैलिएको भन्दै भारतमा आजबाट ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु जारी गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

त्यस्तै समाचार एजेन्सी एएनआईमा उल्लेख भए अनुसार गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए ।

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )