७ विगहा गँहुवाली जलेर नष्ट, जिल्लामा एक मात्र दमकल


परासी, बैशाख २ ।
पश्चिम नवलपरासीको पाल्हीन्दन गाँउपालिका स्थित गँहुवालीमा आगलागी भएपछि ७ विगहा गँहुवाली जलेर नष्ट भएको छ । छिमेकीले आफ्नो खेतको गुँहु काटेपछि खेत सफाई गर्नको लागि गँहुको ठुठा जलाउन खोज्दा अन्य व्यक्तिहरुको गँहु जलेर नष्ट भएको छ ।

आईतवार दिउँसो १ वजे पाल्हीनन्दन गाँउपालिकाको वार्ड नं. ४ लोहरौलिमा रहेको गँहुवालीमा अगलागि भएपछि ३ विगहा १८ कठ्ठा गँहुवाली जलेर नष्ट भएको हो । लगभग २० जना व्यक्तिहरुको खेतमा रहेको गँहुवाली काट्न बाँकी रहेको समयमा ति गँहुवालीमा आगलागी भएपछि ४ लाख ८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै पाल्हीनन्दन गाउपालिकाको वडा नं. २ र ३ मा पनि आगलागी बाट गँहुवाली जलेर नष्ट भएको छ । करिब साढे ३ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट भएको छ । २ लाख ७० हजार बराबरको क्षति भएको उक्त क्षेत्रफलमा लगाइएको बाली १० जना किसानको रहेको छ । यसरी दुई ठाँउको ७ विगहामा क्षेत्रफलको गँहुवालीमा आगलागी भएपछि साढे ६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलवरासीले जनाएको छ ।


छिमेकीले आफ्नो गँहुवाली काटेर गँहुको ठुठामा आगो लगाएपछि गँहुवाली जलेर नष्ट भएको छ । खास गरेर गँहु काटेपछि आगो लगाँउदा खेत सफा भई मलको काम गर्ने भन्दै आगो लगाउने चलन रहेको छ । आगो लागेपछि स्थानियहरुले दमकल लाई जनकारी गराएपछि आगो निभाउन सो स्थलमा पुगेको थियो । नवलपपरासी पीश्चमको ७ स्थानिय तह मध्ये रामग्राममा मात्र १ दमकल रहेको छ । अगो लागेको क्षेत्रफल ठुलो भएको कारणले गर्दा आगो निभाउन कठिनाई पनि भएको थियो । दुई ठाउँको आगलागीमा दमकल पनि कता जाने नजाने भन्दै अलमलमा समेत परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *