२४ जिल्लामा फैलियो सलह

काठमाडौं, असार १६ । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्र्तगतको सलस सूचना केन्द्रले जनाएको छ ।

ध्रमेन्द्र चाैधरीकाे फेसबुक वाल

सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको विवरण केन्द्रमा आएको उनले सुवेदीले बताए ।

फाेटाे फेसबुक वाल येकराज भण्डारी

नेपालमा शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो भुण्डको सलह नै तितरबितर भएर उडिरहेको  केन्द्रले जनाएको छ ।

गुगल

कता-कता पुगे सलह ?

बारा, पार्सा, रौतहट र सर्लाहीमा  देखिएको सलहको झुण्डमा करिक दुई तीन हजारको झुण्डमा मात्रै रहेको थियो । त्यहाँबाट सलह उत्तरतर्फको पहाडी  क्षेत्रमा पुगेको जनाइएको छ ।

महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको छ ।

यस्तै मकवानपुरको बकैया र हेटौँडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको केन्द्रको अनुमान छ । त्यहाँ भेटिएकामध्ये केही सलह चितवनतर्फ उडेको केन्द्रले जनाएको छ ।

यस्तै चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन् ।

यस्तै सिन्धुलीको भिमानमा दुईदेखि  तीन लाखको संख्यामा सलह भेटिएको छ । उक्त संख्यामध्ये केही काभ्रे र रामेछापतर्फ अघि बढेको सूचना केन्द्रमा आई पुगेको छ ।

यस्तै रामेछाप, काभ्रे र काठमाडौं उपत्यामा सानो संख्यामा सलह पुगेको छ । यहाँ भेटिएको सलहको छरिएका र निकै कम मात्रामा छ । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा करिब ५ देखि ७ लाखको झुण्ड कपिलवस्तु र पाल्पातर्फ गएका छन् ।

कपिलवस्तुको वाडगंगामा आइतबार ७ हजारभन्दा बढीको झुण्डमा भेटिएको सलह तितिरबितर अवस्थामा छ । असार १४ गते पाल्पा पुगेको सलह करिब ४ देखि ५ लाखझण्डमा रहेको सूचना केन्द्रमा छ । त्यहाँबाट सलह स्याङ्जा र गुल्मीतर्फ उडेको छ । यस्तै स्याङ्जाको कालीगण्डकीमा करिब ५० हजार, दाङको गधवा, तुलसीपुरमा ४ हजारको झुण्डमा सलह छन् ।

८ देखि १० लाखको झुण्ड कपिलवपस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा रहेको भेटिएको छ । त्यहाँ रहेको ठूलो संख्याको सलहले उत्तर पश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको केन्द्रले जनाएको छ । कास्कीमा झण्डै दुई लाखको झुण्डमा सलह भेटिएको छ । गुल्मी, प्युठान, पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

मकवानपुरमा हजार रोपनी मकैबालीमा क्षति

सलहका कारण भर्खरै रोपेको धानदेखि मकै, तरकारी तथा जंगलको हरियालीमा क्षति पुगेको केन्द्रले जनाएको छ । सलहले मकवानपुरको बकैया र हेटौडामा एक हजार रोपनीमा लगाइएको मकै खेतीमा क्षति पुर्‍याएको सूचना केन्द्रले जनाएको छ ।

यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा सलहले पोसिलो घाँस खेतीमा मात्रै असर पुर्‍याएको छ । सलहले महोत्तरीमा तरकारी लगायतका बाली नष्ट गरेको छ । चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

सिन्धुलीमा जंगल, रुपन्देहीमा केही तरकारी बाली तथा मकै, कपिलवस्तुमा तरकारीबाली तथा धान, पाल्पामा केही बाली तथा जंगल, स्याङ्जामा केराखेती, दाङमा रोपिएको धान, कास्कीमा घाँसे मैदान र कैलालीमा मकैखेती तथा जंगलको रुखमा सलहले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । #onlinekhar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *