काठमाडौँ, १५ फागुन। ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
AS350 हेलिकोप्टर दुर्घटना हुदाँ मन्त्रीसहित ७ जनाको निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बताएका छन्।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । यस्तै विमानमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे सवार रहेका थिए ।
हेलिकप्टरमा सवार भनिएका विरेन्द्र बूढाथोकी भने विमानमा सवार नरहेको प्रारम्भिक जानकारी आएको छ । साभारः नयाँपाइला