हल्का वर्षाको सम्भावना

काठमान्डाैं, माघ २३ ।
माेसम पूर्वानुमान शाखाले आज हल्का वर्षा हुन सक्ने सम्भावना रहेकाे जनाएकाे छ । नेपालकाे पूर्वी तथा पश्चिमी पहाडी भु–भागहरूमा वर्षा हुने बताएकाे हाे ।

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । भने देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ । 

यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *