स्मिता र शानिध्यको भ्यालेन्टाइन डे स्पेशल गीत सार्वजनिक

भ्यालेन्टाइन डेको अवसरमा ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक भएको छ। स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत आज सार्वजनिक भएको हो।

नेपाल कम्गुनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डकी नातिनी स्मिता र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा शानिध्यले यो गीत सार्वजनिक गरेका हुन्

यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ आफैंले लेखेका छन् । गीतमा गैरे सुरेशले संगीत दिएका छन् । संगीत संयोजन कोविद बज्रले गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा बनेको म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरेको छ। साभारः नयाँपाइला

Leave a Reply

Your email address will not be published. Required fields are marked *