सुनवल नगरपालिका दास्रो मेयर फुटबल कपको उपाधि ८ नम्बर वडा लाई

परासी, फागुन २६ ।
सुनवल नगरपालिका को दोस्रो मेयर अन्तर वार्ड स्तरी नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । आज भएको फाइनल प्रतियोगितामा ५ नम्बर वडा लाई १ विरुद्ध दुई गोलले वडा नम्बर ८ ले जित हाथ पारेको छ ।


प्रथम पुरस्कार एक लाख रुपैयाका लागि भिडेको वडा ८ र ५ ले ९० मिनेटको खेलमा वडा नं. ८ ले २ गोल हान्दै बिजयी भएको हो । खेलेको शुरु मै ३० सेकेन्ड भित्र वडा नम्बर ८ ले गोल हान्न सफल भएको थियो । त्यस्तै ५ नम्बर वडाले पनि १५ मिनेट भित्र एक गोल हान्न सफल भएको थियो । बराबरी मा चलेको खेल निकै नै रोमाञ्चक बनेको थियो । खेलको दोस्रो ईनिङ्गमा वडा नम्बर ८ ले दोस्रो गोल गर्न सफल भयो ५ नम्बर वडालाई हराउदै जित हासिल पार्यो । प्रथम भएको वडा ८ का टिमलाई एक लाख नगद पुरस्कार सहित खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ भने दित्तिय स्थान हासिल गरेको वडा ५ लाई ६० हजार नगद सहित प्रत्येक खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।


त्यस्तै प्रतियोगितामा तित्तिय स्थान हासिल गरेका र सेमी फाईनलमा पुगेका वडा ३ र ४ लाई पनि १५÷१५ हजारका दरले पुरस्कार वितरण गरिदै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए । खेलका उत्कृष्ठ खेलाडि वडा नं ८ का सन्दिप राना मगर र उत्कृष्ट गोलकिपर वडा नं ८ का बिनोद गुरुङ्गलाई ४÷४ हजारले प्रोत्साहित गरिएको छ भने म्यानअप द सिरिज वडा नं ५ का सागर गुरुङ्गले प्राप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ खेलको माध्यमले पनि सुनवल नगरपालिकालाई देश विदेशमा चिनाउन यसको खेलको आयोजना गरिएको प्रमुख थापाले बताए । खेल जगतमा युवाहरुको प्रतिभालाई पहिचान गरि राम्रो ट्रेनिङ्ग र कोचिङ्ग मार्फत उत्कृष्ट खेलाडीको रुपमा जन्माउन यि वडा तथा नगर स्तरिय खेलहरुको एक माध्यम रहेको पुरस्कार वितरण तथा खेल समापन कार्यक्रमका प्रमुख अतिथि एवं सांसद पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले जानकारी दिए । सुनवल नरगपालिक को दास्रो नगरपालिका स्थापना दिवसको अवसरमा यो फुटबल प्रतिगोगिता भएको हो । यस प्रतियोगितामा सुनवल नगरपालिकाको १३ वटै वडाले खेलमा सहभागि भएका थिए ।


नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं सांसद कंडेल अतिथि एवं जिल्ला समन्वय समितिका सभापति शिवशंकर राय, नगर उपप्रमुख दधिराम अर्याल, सुनवल नगरपालिकाका सवै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न संघ सस्थाका प्रमुखहरुको सहभागिता रहेको खेल व्यवस्थापक संस्था, जेनिथ युथ क्लबका अध्यक्ष बल बहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *