सुनवल नगरपालिकाले सय बेड कोवरान्टाईन तयार गर्दै

परासी, चैत्र ११ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सय बेडको कोवरान्टाईन आज तयार गर्दै छ । सुनलव नगरपालिकाको जर्गहामा रहेको प्रहरी युक्ति तालिम महाविदालय केन्द्रमा कोवरान्टाईन आज साझ पुर्णरुपमा तयार हुने भएको छ ।

पश्चिम नवलपरासीमा ७ वटा स्थानिय तहहरु रहेका छन् जस्मा सुनवल नगरपालिकाले नमुना कार्य गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले बताउनु भएको छ । कोरोना भाईरस रोकथामको लागि सुनवल नगरपालिकाले उदाहरणिय कार्य गरेरे देखाएको ले सुनवल नगरपालिकालाई दहालले धन्यवाद ज्ञापन गर्नु भएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा तयार भईरहेको कोवरान्टाईनमा कोरोनाको शंका लागेको लाई उक्त कोवरान्टाईनमा राखिने नगरपालिकाले जनाएको छ ।

विश्वलाई नै कोरोनाले चुनौति थप्दै गएपछि पुर्व तयारीको लागि सुनवल नगरपालिकाले यो कोवरान्टाईन बनाउने कार्य अगाडि बढाएको सुनवल नगरपालिका का मेयर भिम बहादुर थापा क्षेत्रिले बताउनु भएको छ । यस कोवरान्टाईनमा कसैको घरमा एक जनालाई मात्रै देखा परे वा शंका लागेमा पुरै परीवारलाई नै परीक्षणको लागि १४ दिन सम्म राख्ने व्यवस्था मिलाईएको मेयर थापाले भन्नु भएको छ । जर्गहा प्रहरी युक्ति तालिम महाविद्यालयको सहयकार्य एव समन्वय र सुनवल नगरपालिकाको आर्थिक सहयोगमा यो कोवरान्टाईन बनाईदै गरीएको थापाले जानकारी गराउनु भएको हो । सुनवल नगरपालिकाको १३ वटा वडामा रहेका स्वास्थ्य चौकि बाट एक एक जना र जर्गहा प्रहरी युक्ति तालिम महाविद्यालयमा रहेका डक्टरहरु को टिमले यहाँ सघाउने मेयरले बताएका हुन् ।

यस्तै नगरपालिकाले डाक्टरहरु का लागि प्रयोग हुने ईकुपमेन्ट ( पिपिई ) १० खरीद गरीसकेको पनि नगरपालिकाले जनाएको छ र अरु पनि ५० वटा सेट आउदै गरेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *