सुनवललमा आज देखि दास्रो मेयर कप शुरु


परासी, फागुन १७ ।
नवलपरासीमा फुटबल खेल पछिलो समय सब भन्दा मंहगो खेल बन्दै गएको छ । नवलपरासीको विभिन्न स्थानिय तहमा फुटबल खेल निकै महत्वको साथ हुँदै आएको छ । यस्तै आज पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा दोस्रो मेयर कप अन्तर वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगित शुरु भएको छ ।

nagrikpath

सुनवल नगरपालिका प्रमुख भिम बहादर थापा क्षेत्रिको प्रमुख आतिथ्यतामा शुरु भएको दास्रो मेयर कप आज उद्घाटन गरी शुरु भएको छ । नगरपालिका प्रमुख तथा दोस्रो मेयर कप अन्तर वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथिले किर्तिपुर रंगलशालामा खेलाडीहरुको लागि बनेको कपडा चेन्जिङ्ग भवन पनि आजै उद्घाटन गर्नु भएको छ । नगरपालिका वडा नं. १ किर्तिपुर रंगशलामा भईरहेको दोस्रो मेयर कप अन्तर वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगितमा नगरपालिका को १३ वटै वडाका फुटबल टिमहरु खेल्ने छ । नगरपालिका को आयोजनामा भईरहेको उक्त खेलमा जेनिथ युथ क्लब व्यवस्थापनमा सहयोग गरेको छ । आज उद्घाटनको दिन ३ वटा समुहले भिडेका थिए ।

nagrikpath

आज खेलको पहिलो चरणमा १२ र ९ नं. वडा भिडेको थियो जस्मा १२ ले ६ गोलले ९ लाई पराजित गरेको थियो यस्तै दोस्रो चरणमा भिडेको ५ र ७ नं. वडामा ७ नं. वडा लाई ५ नं. वडाले शुन्य २ को अन्तरले पराजति गरेको छ । त्यस्तै आजको अन्तिम चरण तेस्रो खेलमा वडा नं. ४ र २ नं. वडा भिडेको थियो यस खेलमा वडा नं. ४ ले २ लाई शुन्य २ ले पराजित गरेको छ । यस प्रतियोगितमा प्रथम हुने विजयी टिमले ले रु १ लाख नगद पाउने छ भने द्धितिय हुनेले रु ६० हजार, तेस्रो तथा सेमिफाईनलमा प्रवेश गरेको दुई टिमलाई १५÷१५ हजारको दरले पाउने आयोजक ले जानएको छ । यसै विच खेलमा उत्कृष्ट खेलाडि र गोलकिपरले ४÷४ हजार पाउने छन् भने उत्कृष्ठ कोच र म्यानेजर लाई ५÷५ हजार पाउने आयोजकले जनकारी गराएको छ ।

nagrikpath


आज देखि शुरु भएको दोस्रो मेयर कप अन्तर वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगिता २६ गते सम्म चल्ने छ । यसै विच नगरपालिकाले २६,२७ र २८ गते आफ्नो नगरपालिकाको स्थापना दिवस समेत मनाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *