सुनवलमा आज देखि प्रादेशि औधोगिक व्यापार मेला शुरु (फाेटाेफिचर सहित)

सुनवल,मंसिर–५
सुनवल उद्योग वाणिज्य द्धारा आयोजित प्रादेशि औधोगिक व्यापार मेला आज देखि शुरु भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नाराको साथमा आज मेलाको उद्घाटन गरी शुरु भएको छ ।

Image may contain: 7 people, people smiling, people standing, crowd and outdoor


प्रदेश ५ प्रदेश सांसद भगवती भन्डारीले मेलाको उद्घाटन गर्नुभएको हो । मेला कै अवसरमा सांसद भण्डारीले भ्रमण वर्ष २०२० को समते व्यानर अनावरण गर्नुभएको छ । प्रदेश ५ का यस्ता मेलाहरुले कृषिमा पनि ध्यायन पु¥याएको ले कृषिमा सहयोग पुग्ने बताएकी छिन् । प्रदेश ५ भित्र रहेका जिल्लाहरुले कृषिलाई प्राथ्मिक्तामा राख्दै पकेट क्षेत्रहरु बनाउने केही प्रतिशत छुटमा विउविजन हरु दिने गरेको ले यो प्रदेश समृद्ध प्रदेश बन्ने उहाँले बताउनु भयो ।

Image may contain: 5 people, people smiling


सुनवलमा संचालन भएको मेला अरु मेलाहरु भन्दा विशिष्ट र स्थानिय उत्पादनहरुलाई प्राथमिकता दिएको भन्दै पुर्व राज्य मन्त्री घनश्याम यादवले नेपालमा खनिज प्रदार्थहरु प्रशस्त रहेको भन्दै त्यसको फाइदा प्राप्त गर्नका लागी त्यस तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

Image may contain: 3 people, people standing, crowd, beard and outdoor

सो अवसरमा वोल्दै सुनवल नगरपालिका का प्रमुख भिव बहादुर थापाले मेलालाई सफल बनाउनु पर्ने भन्दै मेलाको माध्यायमबाट गाउ गाउमा लुकेका कला कृषि उत्पादन, सिप र लघु उद्यमलाई राष्टीय हुदै अन्तराष्ट्रिय स्तर सम्म पु¥याउनु पर्ने बताउनुभयो । मेलाको उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्याल, नेकपा का जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काङग्रेसका जिल्ला सभापति अर्जुन कुमार पोखरेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगाएतले सम्बोधन गर्दै मेला सफलताको शुभकामना दिएका थिए ।
मंशिर ५ गते देखि शुरु भएको मेला १५ गते सम्म संचालन हुने भएको छ ।

Image may contain: 3 people, people smiling, people standing, crowd and outdoor

अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका वाणज्य उपाध्यक्ष लेखनाथ खरेलले उद्घाटन शत्रको प्रभात फेरीमा सहभागिहरुको लागी दोस्रो दिन निशुल्क प्रवेश व्यवस्था रहेको बताउनुभयो । प्रभात फेरीमा स्थानिय संघ संस्था , महिला समुह , विद्यार्थी, आमा समुह , क्लव, सामुदायिक वन लगाएतको स्थानियहरुको उपस्थीति रहेको थियो । मेलामा प्रदेश ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाकलगायतका बस्तुहरु गरि पर्दशर्नीमा १६५ स्टरहरु राखिएको संघका महासचिव तेज प्रसाद भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *